काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्सले आगामी फागुन २२ गतेदेखि हकप्रद निश्कासन गर्ने भएको छ । 

आइएमई समूहको मुख्य लगानी रहेको कम्पनीले हाल कायम चुक्तापुँजीको ४० प्रतिशतको दरले हकप्रद सेयर निश्कासन गर्न लागेको हो । 

फागुन २२ गतेदेखि निश्कासन हुने हकप्रद खरीदका लागि सो कम्पनीका सेयरधनीहरुले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद निश्कासन गर्न लागेको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँ रहेको छ । यसैको ४० प्रतिशतको अनुपातमा हकप्रद सेयर निश्कासन हुन लागेको हो । 

माघ २८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमीटेडमा कारोबार भई कायम सेयरधनीहरुले मात्र यो हकप्रद खरीदका लागि आवेदन दिन पाउनेछन् । 

हकप्रद निश्कासनमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमीटेडले गर्नेछ । 

यो कम्पनीको हकप्रद 'मेरो सेयर'बाट भर्न सकिन्छ ।