काठमाण्डौ । सन् २०२२ विश्वका धनीव्यक्तिहरुका लागि राम्रो रहेन।
ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार यो वर्ष अहिलेसम्मको ६ महिनामा विश्वका ५०० धनीव्यक्तिले १.४ ट्रिलियन डलर (अर्थात १७६ लाख करोड रुपैयाँ) गुमाएका छन्। यो अवधिमा विश्वका सबैभन्दा धनीव्यक्ति टेस्ला कम्पनीका एलन मस्कले ७.५७ लाख करोड रुपैयाँ गुमाएका छन्। विश्वको दोस्रो धनीव्यक्ति अमेजनका मालिक जेफ बेजोसको सम्पत्ति पनि ७.४९ लाख करोड रुपैयाँले घटेको छ।
विश्वका शीर्ष १० धनाढ्यमध्ये ९ जनाको सम्पत्ति घटेको छ भने एकजनाको मात्रै बढेको छ। सम्पत्ति नघट्नेमा अडानी समूहका मालिक गौतम अडानीमात्र हुन्।
विश्वकै छैटौँ धनीव्यक्ति अडानीको सम्पत्ति यो वर्ष अहिलेसम्म २.८२ लाख करोड रुपैयाँले बढेको छ।
शीर्ष १० धनाढ्यमध्ये हाल एलन मस्कको सम्पत्ति घटेर २६.५३ लाख करोड रुपैयाँमा झरेको छ। जेफ बेजोसको सम्पत्ति पनि घटेर १६.८ लाख करोड रुपैयाँमा सीमित बनेको छ।
उता विश्वकै तेस्रो धनीव्यक्ति बर्नार्ड अर्नाल्टको सम्पत्ति ६.३७ लाख करोड रुपैयाँले घटेर १६.१८ लाख करोड रुपैयाँमा झरेको छ। चौथो स्थानमा रहेका बिल गेट्सको सम्पत्ति पनि २.८९ लाख करोड रुपैयाँले घटेर १४.५३ रुपैयाँमा सीमित बनेको छ।
पाँचौँ स्थानमा रहेका ल्यारी पेजको सम्पत्ति ३.६९ लाख करोड रुपैयाँले १२.५४ लाख करोड रुपैयाँमा ओर्लेको छ।
यो अवधिमा चाङपेङ झाओको सम्पत्तिमा सबैभन्दा धेरै गिरावट आएको छ।
बायनेन्सका संस्थापक र सीईओ चांगपेङ झाओले २०२२ को पहिलो ६ महिनामा १० लाख करोड रुपैयाँ घाटा व्यहोरेका छन्। यो सूचीमा मेटाका मालिक मार्क जुकरबर्गको नाम पनि छ। यो वर्ष उनको सम्पत्ति ८.३२ लाख करोड रुपैयाँले घटेर ७.५४ लाख करोड रुपैयाँमा झरेको छ। जुन आधाभन्दा बढीको गिरावट हो। – एजेन्सी
6 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago