काठमाण्डौ । शिवम् सिमेन्टले आगामी फिफा विश्वकप २०१८ को अवसरमा आफ्ना फेसबुक फलोअरहरुलाई आफ्नो योजनाअन्तर्गत वल्र्डकप विजेताको भविष्यबाणी गरी आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्ने भएको छ । 

हरेक खेलमा हुनसक्ने सम्भावित विजेताहरुको घोषणा गरी उक्त भविष्यबाणी मिलेमा सहभागीले प्रत्येक खेलमा आकर्षक पुरस्कार प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

यस खेलमा सहभागी हुन सहभागीहरुले शिवम् सिमेन्टको आधिकारिक फेसबुक पेजलाई लाइक गरी त्यहाँ रहेको प्रेडिक्ट एण्ड विनपोस्टको लिंकमा गई हरेक दिन हुने म्याचहरुको सम्भावित विजेता र गोल स्कोर भविष्यबाणी गर्नुपर्ने छ । र, हरेक दिन हरेक खेलमा आएका उत्तरहरुमध्ये सही निकटत्तम उत्तर र एकभन्दा बढी सही उत्तर भएमा गोला प्रथाद्वारा विजेता घोषणा गरिनेछ । हरेक दिनको विजेताहरुले शिवम् सिमेन्टको कर्पोरेट अफिसमा आएर पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

पछिल्लो २०१४ को विश्वकप खेलमा पनि सञ्चालन भएको उक्त प्रेडिक्ट एण्ड विन खेललाई यसपटक पनि निरन्तरता दिइएको कम्पनिले जनाएको छ ।