– अर्जुन तिमिल्सिना

काठमाण्डौ । लक्ष्मी बैंक नेपालका वाणिज्य बैंकहरुमध्ये एक हो। यो बैंकका आफ्नै सहायक कम्पनीहरु लक्ष्मी क्यापिटल तथा लक्ष्मी लघुवित्त संस्था छन्। बैंकले देशभर १३२ भन्दा बढी शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको चुक्तापुँजी ११ अर्ब ५५ करोड रुपैयाँ र रिटेन्ड अन अर्निङ १ अर्ब २५ करोड रुपैयाँबराबर रहेको छ। बैंकको रिजर्भमा ४ अर्ब २५ करोड रुपैयाँ रहेको छ। 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले १ अर्ब ६० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब २५ करोड रुपैयाँ रहेको छ।  

बैंकको ईपीएस १३.८८ रुपैयाँ, बुक भ्यालु १४७.६९ रुपैयाँ, एनपीएल ०.८९ प्रतिशत, रिटर्न अन इक्विटी ९.४ प्रतिशत रहेको छ। बैंकको १० वर्षको औसत लाभांश दर १४ प्रतिशत रहेको छ। 

प्राविधिक पक्ष

फियर एन्ड ग्रिडका आधारमा 

फियर एन्ड ग्रिड मिटरका आधारमा यो बैंकको सेयर स्ट्रङ बुलिस रहेको देखिन्छ (हेर्नुहोस् मुख्य तस्बिर)। यस्तो मिटर २० भन्दा तल रहेमा बियरिस र ८० भन्दा माथि भएमा बुलिस तथा ५० को आसपासमा रहेमा न्युट्रल रहेको बुझिन्छ। 

सुपर ट्रेन्डका आधारमा 

यो बैंकको सुपर ट्रेन्डका आधारमा बियरिस नै रहेको देखिन्छ। मूल्यरेखाहरु सुपर ट्रेन्डभन्दा तल रहेका छन् भने सुपर ट्रेन्डको रङ पनि हरियोबाट रातो भएको छ। यदि बैंकको मूल्य २०० रुपैयाँभन्दा माथि गएमा बुलिस हुन सक्छ। 

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा

बोलिंगर ब्यान्डका आधारमा यो बैंकको मूल्यरेखाले मध्य ब्यान्डलाई ब्रेक गरेको छ। यसले यो बैंकको सेयरमा खरिदचाप परेको बुझ्न सकिन्छ। 

म्याक्डीमा एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेर बुलिस क्रसओभर बनेको छ। आरएसआई ३० को जोनबाट बढेर ४९ मा पुगेको छ। यसले पनि बैंकको सेयरमा खरिदचाप परेको देखिन्छ। 

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– २१०
  • प्रतिरोध २– २२२
  • प्रतिरोध ३– २२८

पिभट प्वइन्टः २०३

घटेमा सपोर्ट 

  • सपोर्ट १– १९१
  • सपोर्ट २– १८८
  • सपोर्ट ३– १७३

निष्कर्ष

यो बैंकको सेयरमूल्य २०० भन्दा तल चलेको देखिन्छ। आधारभूत रुपमा रिटर्न अन इक्विटीमा सामान्य बढोत्तरी भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा  बैंकको ईपीएस र बुक भ्यालु सामान्य रुपमा घटेको छ भने रिर्टन अन इक्विटीमा भने २.६१ प्रतिशतले बढोत्तरी आएको छ। बैंकको खराब कर्जामा पनि सुधार आएको देखिन्छ। 

बफेट थेउरीअनुसार बैंकको प्राइस टु बुक भ्यालु १.५ भन्दा तल १.३२ रहेको छ। यो भनेको दीर्घकालका लागि खरिद अवसर देखिन्छ। प्राविधिक रुपमा यो बैंकको सेयर अल्पकालका लागि पनि फियर एन्ड ग्रिड मिटरका आधारमा स्ट्रङ बुलिस रहेको छ। 

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कारोबारका लागि सिफारिस भने होइन।