– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नुनलगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिका लागि झन्डै ५९ वर्षअघि स्थापित साल्ट ट्रेडिङ करोपोरेसन नेपालकै एउटा पुरानो संस्था हो। झन्डै ४८ वर्षयता भने यो संस्था पब्लिक प्राइभेट पार्टनसिप कम्पनीअन्तर्गत दर्ता भएर सञ्चालनमा छ। यो कम्पनीले दैनिक उपभोग्य सामग्रीको आपूर्ति गर्दै आएको छ। 

यो कम्पनीको केन्द्रीय व्यापारिक कार्यालय काठमाण्डौको कालिमाटीमा छ। यसका शाखा, उपशाखा र डिपोहरु देशभर छरिएर रहेका छन्। 

यो कम्पनीले अत्यावश्यक खाद्यसामग्री जस्तै– नुन, तेल, चिनी चामल, दाल र ग्यासजस्ता सामग्री सुलभ मूल्यमा बिक्रीवितरण गर्छ। कम्पनीले कोइला, टायर तथा सिमेन्ट पनि सस्तो तथा सूलभ मूल्यमा बिक्री गर्ने जनाएको छ।

यो कम्पनीमा ७९ प्रतिशत सरकार र २१ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहेको छ।

गत आर्थिक वर्षको चौथो वार्षिक प्रतिवेदनअनुसार यो कम्पनीको चुक्तापुँजी २५ करोड ३५ लाख ३१ हजार रहेको छ। रिजर्भमा भने १ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षमा कम्पनीको खुद नाफा ३ करोड ७७ लाख ८५ हजार रहेको छ। यस्तो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४ करोड ७९ ला ८५ हजार रुपैयाँबराबर थियो। यस हिसाब यो कम्पनीको मुनाफामा गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा २१.१५ प्रतिशतले गिरावट आएको छ। 

गत आर्थिक वर्षमा कम्पनीको ईपीएस १४.९ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष ईपीएस २०.८ रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा कम्पनीको बुक भ्यालु ४३८.०७ रुपैयाँ र रिटर्न अन इक्विटी २.३८ प्रतिशत रहेको छ। 

प्राविधिक पक्ष

फियर एन्ड ग्रिडका आधारमा 

फियर एन्ड ग्रिड मिटरका आधारमा यो कम्पनीको सेयरमूल्य हाल ५० को न्युट्रल जोनमा रहेको छ। यस कम्पनीको ५२ साताको न्यून मूल्य २९२७ रुपैयाँ र उच्च मूल्य ७०६८ रुपैयाँ रहेको छ। हाल यो कम्पनीको दोस्रो बजारमा ३४५० रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

सुपर ट्रेन्डका आधारमा 

सुपर ट्रेन्डको आधारमा यो कम्पनीको सेयरमा गत ३ नोभेम्बरमा मूल्यरेखाले ट्रेन्ड लाइनलाई काटेर तलबाट माथि गएको छ। योसँगै कम्पनीको सेयरमा हरियो मारुबुजु क्यान्डलसँगै खरिद सिग्नल बनेको छ। तर, कन्फर्मेसन लागि भने अझै एउटा क्यान्डल हरियो मारुबुजु बन्नुपर्ने हुन्छ।(हेर्नुहोस् माथि मुख्य तस्बिरमा कालो एरो)

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआई

बोलिंगर ब्यान्डका आधारमा यो कम्पनीको मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएर हरियो मारुबुजु क्यान्डल बनेको छ। लामो समय ब्यान्डको आकार साँघुरिएकोेले यो कम्पनीको सेयरमूल्य साइडवेज चलेको बुझिन्छ। म्याक्डीमा भने गत २३ अक्टोबरमा बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। तर, हिस्टोग्राम पोजिटिभ रहे पनि फिक्का र छोटा–छोटा हुँदै गएको देखिन्छ। 

आरएसआईमार्फत हेर्दा भने ५८ को तहबाट घटेर हाल ४२ को तहमा पुगेको देखिन्छ। यस कम्पनीमा भोलुम भने आज राम्रै आएको देखिन्छ। यस हिसाबले तीनवटै इन्डिकेटरमार्फत हेर्दा केही बिक्री दबाबमा रहेको र कम्पनीको सेयरमूल्यमा साइडवेज चलेको बुझिन्छ। 

पिभट विश्लेषण

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

प्रतिरोध १– ३७२६
प्रतिरोध २– ३९१३
प्रतिरोध ३– ३७२६

पिभट प्वइन्टः  ३६१३

घटेमा सपोर्ट 

सपोर्ट १– ३४२६
सपोर्ट २– ३३१३
सपोर्ट ३– ३१२६

निष्कर्ष

आधारभूत रुपमा हेर्दा यो कम्पनीमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष खुद नाफा र ईपीएसमा गिरावट आएको छ। 

प्राविधिक रुपमा यस कम्पनीको सेयरमा फियर एन्ड ग्रिड मिटरमा न्युट्रल जोनमा रहेको छ। सुपर ट्रेन्डका आधारमा भने यो कम्पनीको सेयरमा खरिद सिग्नल बनेको देखिन्छ। तर, कन्फर्मेसनका लागि भने अझै एउटा क्यान्डल हरियो मारुबुजु बन्नुपर्ने हुन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।