– अर्जुन तिमिल्सिना
काठमाण्डौ । नेपालका जलविद्युत कम्पनीमध्ये साहास ऊर्जा पनि एउटा हो। यो कम्पनी २०७० सालमा प्राइभेट लिमिटेडका रुपमा स्थापना भएको थियो भने २०७१ मा पब्लिक लिमिटेड कम्पनीका रुपमा सञ्चालनमा आएको हो। यो कम्पनीले सोलु खोलामा ८६ मेगावटको सोलुखोला जलविद्युत परियोजना सञ्चालन गरिरहेको छ।
आधाभूत पक्ष
हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ५० करोड रुपैयाँ र रिजर्भमा २ अर्ब १२ करोड २२ लाख रहेको छ। चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले १० करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २० करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यस हिसाबले कम्पनीको नाफामा ५० प्रतिशतको गिरावट आएको देखिन्छ।
कम्पनीको ईपीएस चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११.६५ रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा ईपीएस २३.३५ रुपैयाँ थियो। कम्पनीको बुक भ्यालु १६० रुपैयाँ र रिटर्न अन इक्विटी ७.२५ प्रतिशत रहेको छ।
प्राविधिक पक्ष
फियर एन्ड ग्रिड मिटरका आधारमा
फियर एन्ड ग्रिड मिटरका आधारमा यो कम्पनी हाल स्ट्रङ बुलिस सेन्टिमेन्टमा रहेको देखिन्छ। कम्पनीको ५२ साताको उच्च मूल्य ७२० रुपैयाँ रहेको छ भने न्यून मूल्य ३९३ रुपैयाँ रहेको छ। आज दोस्रो बजारमा कम्पनीको ५९० रुपैयाँमा उच्च कारोबार भएको छ।
सुपर ट्रेन्डका आधारमा
सुपर ट्रेन्डका आधारमा पनि यो कम्पनी बुलिस सेन्टिमेन्टमा देखिएको छ। यो कम्पनीमा गएको नोभेम्बर महिनामा नै मूल्यरेखाले ट्रेन्ड लाइनलाई तलबाट काटेर माथि गएको छ। मूल्यरेखाहरु ट्रेन्ड लाइनभन्दा माथि–माथि कारोबार भएको छ।
बोलिंगर ब्यान्डका आधारमा यो कम्पनीको मूल्यरेखाले केही समयपहिले अप्पर ब्यान्डलाई छोएको देखिन्छ। हाल भने मूल्यरेखाले विस्तारै अपर ब्यान्डलाई छोडेर मध्य ब्यान्डतर्फ आकर्षित भएका छन्। यसले कम्पनीको सेयरमा नाफाबुक हुँदै गएको देखिन्छ।
म्याक्डीमा भने २७ डिसेम्बरमा बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। हिस्टोग्राम सकारात्मक तर विस्तारै फिक्का हुँदै गएका छन्। आरएसआई भने ८५ को ओभरबट जोनमा पुगेका छन्। यसले कुनै पनि समयमा यो कम्पनीको सेयरमा करेक्सन आउन सक्ने देखिन्छ।
पिभट प्वइन्ट
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतार–चढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्टः ५७६
घटेमा सपोर्ट
निष्कर्ष
आधारभूत रुपमा यो कम्पनी बलियो र राम्रै देखिन्छ। तर, गएको आर्थिक वर्षको तुलनामा यो कम्पनीको यस आर्थिक वर्षमा खुद मुनाफा र ईपीएसमा भने झन्डै ५० प्रतिशतले गिरावट आएको देखिन्छ। प्राविधिक रुपमा यो कम्पनी फियर एन्ड ग्रिड मिटरमा बुलिस सेन्टिमेन्ट देखिन्छ।
म्याक्डी तथा बोलिंगर ब्यान्डमा बुलिस नै देखिन्छ भने आरएसआई ओभरबट जोनमा पुगेको देखिन्छ। बुलिस बजारमा आरएसआई लामो समय ओभरबट जोनमा रहन सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
11 minutes ago
29 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
13 hours ago