काठमाण्डौ । हामी प्रायः आफ्नो कम्प्युटरमा तस्विरहरु डाउनलोड गर्छौ । तर सोच्नुुहोस् त कुनै बेला तपाईंको कम्प्युटरमा यस्तो तस्विर देखियो, जसलाई तपाईंले कहिल्यै डाउनलोड नै गर्नुभएको थिएन ?

यदि यस्तो देखियो भने सम्हालिनुुहोला, कारण यो खतराको घण्टी हुनसक्छ । डिजिटल टेन्ड्सका अनुसार यस्ता अज्ञात फाइलहरु भूलेर पनि नखोल्नुहोला । यस्ता फाइल लक्की रेन्समवेयर नामको भाइरस पनि हुनसक्छ । यो भाइरस हिजोआज स्मार्टफोन, ट्याब्लेट तथा कम्प्युटरहरुमा तीव्र गतिमा फैलिरहेको छ । 

यी अञ्जान फाइललाई खोल्ने बित्तिकै तपाईंको कम्प्युुटरको डेटा लक भइदिन्छ र लकलाई खुलाउनका लागि तपाईसँग फिरौति मागिन्छ । 

यसअघि पनि यस्तो समस्या हुने गरेको थियो । तर यसअघि यस्ता भाइरस वर्ड फाइलको माध्यमबाट आउथ्यो, जसलाई मेलिसिएस माइक्रो नामले चिनिन्थ्यो । इजरायली सुरक्षा कम्पनीको चेक प्वाइन्टले कतिपय सामाजिक सञ्जालको माध्यमबाट लक्की रेन्समवेयर भाइरस तीव्र गतिमा फैलिरहेको फेला परेको बीबीसीले उल्लेख गरेको छ । यो भाइरस फैलाउन अहिले सबैभन्दा बढी फेसबुकलाई प्रयोग गरिएको छ । 

यदि तपाई यस्ता फाइललाई खोल्न थाल्नुुभयो त्यो खुल्नुको साटो डाउनलोड हुन थाल्छ । डाउनलोड भएपछि यो भाइरसका लक्की कोड सक्रिय हुन्छ, त्यसपछि तपाईको कम्प्युुटरको कयौं फाइल लक भइदिन्छ । त्यसपछि सुरु हुन्छ फिरौति माग्ने क्रम । 

केही अनलाइनहरु विश्वबाट पैसा उठाउने नयाँ तरिका खोजिरहेका हुन्छन् । यी अनलाइन संचालकहरु तस्विरमा केही विशेष कोड लगाइदिन्छन् र त्यस्ता तस्विरहरुलाई सामाजिक सञ्जालमा पोस्ट गरिदिन्छन् । त्यसपछि उनीहरुले निकै चलाख्याईपूर्वक प्रयोगकर्ताहरुलाई तस्विर डाउनलोड गर्न बाध्य बनाउँछन् । त्यसपछि लक्की रेन्समवेयर सक्रिय हुन्छ र ह्याकरले तपाईसँग केही रकम फिरौतिको रुपमा माग्न थाल्छ । फिरौति भुक्तान गर्ने तरिका समेत अनलाइनबाटै सिकाइन्छ र उनीहरुले मागेजति पैसा पठाइदिएपछि मात्र तपाईंको कम्प्युटरमा लक भएको डाटा खुल्छ । 

तर पैसा पठाएपछि पनि तपाईंको लक भएको डाटा फिर्ता हुन्छ भन्ने कुनै ग्यारेण्टी हुन्न । तपाईंको डाटा ह्याक गर्ने ह्याकरको मूडमा भर पर्छ यो कुरा । 

सुरक्षा एजेन्सीहरुले इन्टरनेट प्रयोगकर्ताहरुलाई भनेका छन् कि यदि भूलवश यस्ता फाइलमा क्लिक भयो भने यसलाई खोल्ने अर्को भूल नगर्नु । यसो गर्नु निकै खतरनाक हुनेछ । यो भाइरसले तपाईंको निजी मामिलामाथि निकै ठूलो हमला गरिदिन्छ । 

ह्याकरहरुले तपाईको निजी तस्विर तथा भिडियो गलत तरिकाबाट हासिल गर्न सक्छ र तपाईसँग पैसा झार्न गलत तरिकाले नै ब्ल्याकमेल गर्नसक्छ । सही यही हुन्छ कि तपाईं यस्ता चिजबाट सतर्क रहनुुहोस, आफू पनि बच्नुुहोस् र अरुलाई पनि बचाउनुहोस् ।