काठमाण्डौ । चलचित्र विकास बोर्डले फिल्म हलमा फिफा विश्वकपका खेलको प्रसारणमा रोक लगाएको छ।
बोर्डले सबै चलचित्र हलहरुलाई पत्राचार गर्दै विश्वकका खेलहरु प्रसारण गर्न रोक लगाउँदै नियमानुसार चलचित्रमात्र प्रदर्शन गर्न निर्देशन दिएको हो । यसअघि कतिपय फिल्म हलमा विश्वकप फुटबलका खेलहरु प्रदर्शन गर्न लागिएको भन्ने खबर सार्वजनिक भएको थियो।
बोर्डका अध्यक्ष भुवन केसीद्वारा जारी पत्रमा विभिन्न फिल्म हलले नियमित चलचित्र प्रदर्शनको शो समयमा विश्वकप फुटबल प्रतियोगिताको प्रसारण गर्न लागेको बुझिएको तथा कतिपय फिल्म हलले आफ्नो वेबसाइटमार्फत शो समयसमेत खुलाएको देखिएको ध्यानाकर्षण भएको उल्लेख छ।
‘उपरोक्त सम्बन्धमा चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने सर्तबमोजिम मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्न सूचित गरिन्छ’, पत्रमा भनिएको छ, ‘अन्यथा नियमानुसार कारबाही हुनेछ।’
46 minutes ago
54 minutes ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago