काठमाण्डौ । सन् २०१० नोभेम्बर ११ मा नेपालको पहिलो फुड डेलिभरी कम्पनीको रुपमा स्थापना भएको कम्पनीले १० औं वार्षिकोत्सवको मनाईरहेको छ । 

आफ्नो १० औं वार्षिकोत्सव फरक ढंगले मनाउने योजना बनाएको फुडमाण्डुले नेपालका १० स्टार्टअप कम्पनीहरुसँग १० दिन सम्म सहकार्य गर्ने जनाएको छ । सस्तो डील, यूजी बजार, टुटल, हेल्मेट्स नेपाल, किताब यात्रा, स्टुडियो सार्कास्टीक, कटन मील्स, खाली सिसी, ब्रज व्युटी तथा सजिलो मर्मत सेवा  जस्ता स्टार्टअप कम्पनीहरु उक्त सहकार्यमा सहभागी हुनेछन् । जस अन्तर्गत अन्य व्यवसायमा संलग्न कम्पनीहरु मार्फत फूडमाण्डुको फुड डेलिभरी गराई ग्राहकलाई सरप्राइज दिने योजना भएको कुरा कम्पनीका ब्राण्ड मार्केटिङ्ग एण्ड सेल्स प्रमुख श्याम रत्न मालीले जानकारी गराए । त्यस्तै, खाने कुरा मात्र डेलिभरी गर्दै आएको फुडमाण्डुले सहकार्यमा संलग्न कम्पनीहरुका विभिन्न प्रकारका निश्चत सामानहरु पनि ग्राहकहरुले आफ्नो  प्लेटर्फम मार्फत अर्डर गर्न सक्ने व्यवस्था मिलाएको छ । यस प्रकारको कार्यले नेपाली स्टार्टअपहरुबीच सहकार्यको विकास हुने साथै नेपाली ग्राहकहरुलाई स्थानीय कम्पनीहरुको बारेमा जानकारी अभिवृद्धि हुने पनि आशा लिएका छौ, कम्पनीका संस्थापक मनोहर अधिकारीले भने ।

कम्पनीले यस अवसर पारेर यही नोभेम्बर ११ देखि २१ तारिखसम्म अफर तथा सेवाहरुको घोषणा गरेको छ। जसअन्तरगत २५ भन्दा बढी रेष्टुरेन्टहरुबाट अधिकतम ५० प्रतिशतसम्मको छुट उपलब्ध गराएको छ ।

साथै एनआईसी एसिया बैंकका प्रयोगकर्ताहरुले क्रेडिट कार्ड वा डेबिट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा रु.५०० सम्म क्यास ब्याक दिनेछ ।

यसका साथै कम्पनीले फुडमाण्डू फ्रेश अफिशियल लोगो सार्वजनिक गरेको छ । फुडमाण्डु फ्रेशले फ्रेश ग्रोशरी डेलिभरी सेवाहरु नीना एण्ड हेगर, सब्जिल्याण्ड, गोल्डेन फ्रेश मार्टलगायतका ग्रोशरीबाट सिधै ग्राहकहरुको ढोकामा डेलिभरी गर्दै आएको छ। यसमा फ्रेश भेजिटेबल, फ्रोजन मिट, बेकरी आईटम र फलफुललगायतका ताजा उत्पादनहरु डेलिभरी गर्दै आइरहेकोछ ।

यही अवसरमा कम्पनीले नयाँ सेवा ुफूडमाण्डु गोु को पनि घोषणा गरेको छ । यो सेवा रेष्टुरेन्टहरुको लागि फुड डेलिभरी गर्न लजिष्टिक सपोर्टको रुपमा उपलब्ध हुनेछ । जस अन्तरगत आफ्नो रेष्टुरेन्टमा आएका अर्डरहरु डेलिभरी गर्न फुडमाण्डुको लजिस्टिक फ्लीटलाई प्रयोग गर्न सक्ने फुडमाण्डुका ब्राण्ड मार्केटिङ्ग एण्ड सेल्स प्रमुख श्याम रत्न माली बताउँछन्। फूडमाण्डु गो रेष्टुरेन्टहरुको व्यवसायलाई सपोर्ट गर्न र उनीहरुको सेवा बिस्तार गर्न उपयोगी हुनेगरि ल्याईएको ब्राण्ड मार्केटिङ्ग एण्ड सेल्स प्रमुख श्याम रत्न मालीले भने ।

नेपालको पहिलो र नेतृत्वदायी फुड डेलिभरी कम्पनी फुडमाण्डुले हाल दैनिक १,००० भन्दा बढी फुड डेलिभरी गर्दै आएको छ जसले नेपालमा २५० जना भन्दा बढीलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी समेत प्रदान गरेको छ ।

कम्पनीले आगामी दिनमा आफ्नो सेवालाई थप स्थानहरुमा समेत विस्तार गर्दै लैजाने उद्धेश्य लिएको छ ।