काठमाण्डौ । जम्बो मोटर्सले एकपटकको फुल चार्जमा २४० किलोमिटर यात्रा गर्न सकिने ई–स्कुटर नेपाल भित्र्याउने भएको छ। यो भनेको काठमाण्डौदेखि पोखरासम्मको यात्रा एकपटकको फुलचार्जमा गर्न सकिनेछ। 

नेपालमा यो ई–स्कुटर आगामी साउन महिनाभित्र सार्वजनिक हुने जम्बो मोटर्सले जनाएको छ। बढ्दो पेट्रोलको मूल्यलाई प्रतिस्थापन गर्न यो विद्युतीय स्कुटर नेपाली बजारमा ल्याइएको कम्पनीको भनाइ छ। 

भारतमा निर्मित यो स्कुटर एसी अर्थात घरमै भएको प्लगबाट चार्ज गर्दा २ घन्टामै फुलचार्ज हुनेछ। यसमा फास्ट चार्जर उपलब्ध गराउने गराइने कम्पनीले जनाएको छ। 

रेट्रो डिजाइनमा आधारित यो स्कुटल फास्ट चार्जरबाट चार्ज गर्दा फुलचार्ज हुन केबल ३० मिनेटमात्र लाग्नेछ। ब्याट्रीलाई फुलचार्जमा भेरियन्टअनुसार १२० किलोमिटरदेखि २४० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको भनाइ छ। 

ब्राभोमा ३ किलोवाटको मोटर जडान गरिएको छ। यसका साथै स्कुटरमा आउने ब्याट्री २० र ४० एम्पियर र ७२ भोल्टको हुनेछ। स्कुटरमा टीएफटी डिस्प्ले, की लेस स्टार्ट, बाइडर टायर, टेलीस्कोपिक सस्पेन्सन, एलईडी लाइट्स, डिस्क ब्रेक, बुट स्पेसजस्ता सुविधा छन्। 

जम्बो मोटर्सले नेपालमा ओपाई र लेभ्निङ ब्रान्डका विद्युतीय स्कुटर बिक्री गर्दै आएको छ। हाल भित्र्याइएको यो स्कुटर मूल्य भने निर्धारण गरिएको छ। कम्पनीले ३ लाख रुपैयाँ आसपास पर्न सक्ने जनाएको छ।