काठमाण्डौ । सुनको भाउ आज बिहीबार ह्वात्तै बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै १ हजार ६०० रुपैयाँको बढोत्तरी भएको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार १५० रुपैयाँ कायम भएको छ।

लगातार घटिरहेको सुनको भाउ गत मंगलबारदेखि बढ्न थालेको हो। गत मंगलबार तोलामा ५०० रुपैयाँ बढेको सुनको भाउ हिजो बुधबार ५०० रुपैयाँले उकालो लागेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९१ हजार रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबारयता मात्रै सुनको भाउ तोलामै २ हजार ६०० रुपैयाँ बढिसकेको छ।

यसैगरी आज चाँदीको भाउ पनि तोलामै २० रुपैयाँ बढेर १ हजार २०५ रुपैयाँ पुगेको छ। हिजो बुधबार पनि तोलामा ३० रुपैयाँ बढेको चाँदीको भाउ अस्ति मंगलबार ३५ रुपैयाँ बढेको थियो। हिजो बुधबार चाँदी १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो।