काठमाण्डौ । लगातार दुई दिन घटेको सुनको भाउ आज बिहीबार फेरि उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको हो। आज प्रतितोला फाइन गोल्ड ८६ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो बुधबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८५ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ८५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो। 

गत मंगलबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला फाइन गोल्ड ८६ हजार रुपैयाँ र तेजाबी गोल्ड ८५ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले उकालो लागेर १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तोलामा २० रुपैयाँ घटेको चाँदीको भाउ गत मंगलबार तोलामा १० रुपैयाँले ओरालो लागेको थियो।