काठमाण्डौ । सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य फेरि उकालो लाग्न थालेको छ। 

पछिल्लो कारोबारअनुसार बिटक्वाइनको मूल्य ४१ हजार ७३९ डलर पुगेको छ। जुन यो वर्ष मे महिनापछि सबैभन्दा उच्च मूल्य हो।
बिटक्वाइनको मूल्य पछिल्लो ११ दिनदेखि लगातार बढिरहेको छ। गत मे महिनामा बिटक्वाइनको मूल्य ४१ हजार ७०० डलरको आसपास रहेको थियो। 

जानकारहरुले बिटक्वाइनको मूल्य अझै बढ्ने सम्भावना रहेको छ। 

त्यसो त विश्वकै सबैभन्दा ठूलो ई–कमर्स कम्पनी अमेजनले यो वर्षको अन्त्यसम्म बिटक्वाइनलाई भुक्तानीका रुपमा स्वीकार्ने जनाएको छ। गत साता टेस्ला कम्पनीका मालिक एलन मस्कले टेस्लाको गाडी खरिदमा भुक्तानीका रुपमा बिटक्वाइनलाई स्वीकार्ने संकेत गरेका थिए।  

यिनै कारणले पनि बिटक्वाइनको मूल्यमा उछाल आइरहेको जानकारहरु बताउँछन्। – एजेन्सी