काठमाण्डौ । विश्वकै धनीव्यक्ति एलन मस्कको सम्पत्ति फेरि रकेटको स्पिडमा बढ्न थालेको छ।
धेरै समयपछि फेरि एकपटक मस्कको सम्पत्ति २०० अर्ब डलरभन्दा माथि उक्लेको छ। ब्लुमबर्ग बिलिनेयर इक्डेक्सका अनुसार सोमबार मस्कको सम्पत्ति २.६ अर्ब डलरले बढेर २०२ अर्ब डलरको उचाइमा पुगेको छ।
टेस्ला, स्पेएक्स र ट्विटरका सीईओ मस्कको सम्पत्ति सन् २०२३ को यो अवधिसम्म ६५.१ अर्ब डलरले बढेको छ। यो वर्ष अहिलेसम्म धेरै कमाउन सफल धनाढ्यमा मस्क पहिलो स्थानमा छन्।
हालै मस्कले फ्रान्सका बर्नार्ड आर्नाल्टलाई पछि पार्दै विश्वकै धनीव्यक्ति बनेका थिए। दोस्रो स्थानमा बर्नार्डको कुल सम्पत्ति १८८ अर्ब डलर रहेको छ। सोमबार मात्रै उनको सम्पत्तिमा २.९ अर्ब डलरको गिरावट आएको थियो।
अब मस्क र बर्नार्डको कुल सम्पत्तिमा १४ अर्ब डलरको अन्तर कायम भएको छ।
तेस्रो स्थानमा अमेजनका संस्थापक जेफ बेजोस छन्। उनको कुल सम्पत्ति १४९ अर्ब डलर रहेको छ। –एजेन्सी
10 hours ago
20 hours ago
20 hours ago
22 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago