काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ फेरि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि सुन तोलामा ३०० रुपैयाँले बढेको छ । तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन ७२ हजार २०० रुपैयाँ तेजाबी सुन ७१ हजार ९०० रुपैयाँ कायम भएको छ ।

सुनको भाउ हिजो सोमबार पनि तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन ७१ हजार ९०० र तेजाबी ७१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि लगातार ४ दिनसम्म सुनको भाउ स्थिरेहेको थियो । 

उता चाँदी भाउ पनि मंगलबार तोलामा १५ रुपैयाँले बढेर ८७५ रुपैयाँ कायम भएको छ । हिजो सोमबार चाँदी तोलामा ५ रुपैयाँले बढेर ८६० रुपैयाँ कायम भएको थियो ।

चार दिनसम्म स्थिर रहेको चाँदीको भाउ पनि यो साताको कारोबार पहिलो दिन आइतबार तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८५५ रुपैयाँ कायम भएको थियो ।