काठमाण्डौ । लामो समय ओरालो लागेको बिटक्वाइनको भाउ फेरि उकालो लाग्न थालेको छ। 

लामो समयदेखि ओरालो लागेको बिटक्वाइनको मूल्यमा भारी गिरावट आएको थियो। त्यसपछि केही समय साइडवेजको बाटो लिएको यसको मूल्य अहिले पनि उका लो लाग्न थालेको छ। अब बिटक्वाइनको मूल्य कतिसम्म माथि जाला त ? हामीले इलिअट वेभ तथा फिवोनासीका आधारमा प्रक्षेपण गर्ने कोसिस गरेको छौँ।

इलिअट वेभमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्री सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। 

माथि लाग्ने पाँच वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सी बजार तल जाने संकेत गर्छ। बिटक्वाइनको चक्रलाई यो वेभअन्तर्गत हेर्दा इन्टिरमिडियट डिग्रीको वेभ ३ र ए, बी र सीको चक्र ३० हजार अमेरिकी डलरको आसपासमा पूरा गरेर यसले फेरि नयाँ गन्तव्य तय गरेको देखिन्छ। अब नयाँ रेखालाई आधार मान्दै माइनर डिग्रीको वेभ १ मान्ने हो भने यसको वृद्धि लगभग ४२ हजार डलरसम्म पुगेको देखिन्छ र पुनः खसेर ३७ हजार डलरसम्म आएको थियो। 

पुनः उकालो यात्रा तय गरी हाल विश्व बजारमा बिटक्वाइनको मूल्य ४४ हजार ६६३ डलरमा कारोबार पुगेको छ। पछिल्लो २४ घन्टामा ३ प्रतिशतभन्दा बढीले मूल्य उकालो लागेको छ। 

फिवोनासी सिद्धान्तअनुसार बढेको मूल्यबाट घटेको मूल्यसम्म फिवोनासी लिँदा बिटक्वाइनको भाउ पुन एकपटक ५५ हजार डलर माथि पुग्न सक्ने अनुमान लगाउन सकिन्छ। यो बीचमा सानाठूला करेक्सन आउनेछन्।