काठमाण्डौ । भारतमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ। 

भारतमा पघिल्लो २४ घण्टामा ४ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जुन अघिल्लो दिनको तुलनामा ८.९ प्रतिशतले बढी हो। 

सबैभन्दा धेरै संक्रमण केरला राज्यमा देखिएको छ। जहाँ १ हजार ३७० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। 

त्यस्तै महाराष्ट्रमा १ हजार ४५, दिल्लीमा ३७३, कर्नाटकमा २९७ र हरियाणामा १८८ जना नयाँ संक्रमित थपिएका छन्। नयाँ कोरोना संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको कुल सक्रिय संख्या २१ हजार १७७ पुगेको छ। 

त्यस्तै पछिल्लो २४ घन्टामा भारतमा कोरोनाबाट मुक्त हुनेको संख्या २ हजार ३६३ रहेको छ। भारतको रिकभरी रेट ९८.७४ प्रतिशत रहेको छ भने अहिलेसम्म ४ करोड २६ लाख २२ हजार ७५७ जना संक्रमणमुक्त भइसकेका छन्। 

यसैगरी भारतमा पछिल्लो २४ घन्टामा कोरोनाबाट १० जना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ६५१ पुगेको छ। 

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतको दैनिक पोजेटिभ रेट ०.९५ प्रतिशत छ। – एजेन्सी