काठमाण्डौ । पछिल्लो समय नेपाल कोभिड संक्रमितको संख्या पुनः बढ्न थालेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार ५५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। हिजो ५१ जनामा संक्रमण पुष्टि भएको थियो। 

पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट १ हजार ५३२ जना र एन्टिजेन विधिबाट १ हजार १६६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। तीमध्ये ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

पछिल्लो २४ घन्टामा १७ जना संक्रमणमुक्त भएका छन्। 

हाल देशभर सक्रिय संक्रमितको संख्या २८० रहेका छन्। 

हालसम्म देशभर ११ लाख २० हजार १६७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। तीमध्ये ९ लाख ६७ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ भने ११ हजार ९५२ जनाको मृत्यु भएको छ।