काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ। 

निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको थियो। योसँगै अब प्रतिलिटर पेट्रोलको मूल्य १२९ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य ११२ रुपैयाँ पुगेको छ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्याएको छ।

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १ हजार ४२५ रुपैयाँ कायम गरेको छ।

निगमले गत असार १० गते पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।