काठमाण्डौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। 

निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो। यसअघि गत फागुन ४ गते पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो।

डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ तथा आन्तरिकतर्फ हवाई इन्धनमा प्रतिलिटरमा ५ रुपैयाँले मूल्य बढाइएको छ। बाह्यतर्फ हवाई इन्धनमा एक किलोलिटरमा २५ अमेरिकी डलरले वृद्धि गरिएको निगमले जनाएको छ।

नयाँ मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११६ रुपैयाँ र डिजेल तथा मट्टीतेलको भाउ ९९ रुपैयाँ कायम भएको छ। आन्तरिकतर्फ हवाई इन्धनको प्रतिलिटर मूल्य ७२ रुपैयाँ बाह्यतर्फ प्रतिकिलोलिटर हवाई इन्धनको मूल्य अमेरिकी डलर ८९३ पुगेको। 

पुगेको छ भने एलपी ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजार कच्चा तेलको मूल्यमा भएको वृद्धिका कारण भारतीय आयल कर्पाेरेसनबाट बढेर मूल्य प्राप्त भएकोले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको निगमले स्पष्ट पारेको छ।