काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले फेरि १०० प्रतिशत हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। 

बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा गत भदौ ९ गते हकप्रद निष्कासनको अनुमति माग्दै निवेदन दिएको हो। 

सेबोनले अनुमति दिएमा बैंकले १ः१ अनुपातमा हकप्रद जारी गर्नेछ। जसअनुसार बैंकले १०० अंकित दरका कुल २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ। 

यो बैंकको हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। 

नारायणी डेभलपमेन्ट बैंकले यसअघि पनि दुईपटक १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गरिसकेको छ। पछिल्लोपटक बैंकले गत वर्ष पुस ७ गतेदेखि माघ १० गतेसम्म १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद बिक्री खुलाएको थियो।