काठमाण्डौ । नेपाली बजारमा उच्च विन्दुमा रहेको सुनको भाउ दुई दिन स्थिर रहँदै फेरि बुधबार तोलामा ३०० रुपैयाँले बढेको छ ।

तोलामा ३०० रुपैयाँ बढेसँगै बुधबार छापावाला सुन तोलाको ७१ हजार ३०० रुपैयाँ र तेजाबी सुन तोलाको ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ आइतबार तालमा एकैदिन ५०० रुपैयाँले घटेर छापावाला सुन ७१ हजार रुपैयाँ र तेजाबी सुन ७० हजार ७०० रुपैयाँ कायभएको थियो । त्यसपछि लगातार सोमबार र मंगलबार सुनको भाउ स्थिर रहेको थियो ।

यसअघि गत बिहीबार प्रतितोला छापावाला सुन ७१ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७१ हजार २०० रुपैयाँ कायम भएको थियो । जुन नेपालको इतिहासमा सुनको मूल्य इतिहासमै उच्च हो । गत बिहीबार सुनको मूल्य तोलामा एकैदिन १ हजार २०० रुपैयाँले बढेको थियो । गत शुक्रबार सुनको भाउ भने स्थिर थियो ।

अमेरिक–चीन व्यापार युद्ध, भारत–पाकिस्तान राजनीतिक तनाव आदिका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दै जानुले पनि नेपाली बजारमा सुनको भाउ चम्केको जानकारहरु बताउँछन् । यद्यपि बुधबार सुनको भाउ घटेपछि पुनः बढ्ने सक्ने व्यवसायीहरुले अनुमान छ ।

लगातार सुनको भाउ बढ्न थालेपछि बजारमा किन्नेभन्दा बेच्नेको चाप बढेको छ । सुन कारोबारमा पनि केही दिनयता मन्दी छाएको छ ।