काठमाण्डौ । सुनको भाउ बढ्ने क्रमले आज शुक्रबार पनि निरन्तरता पाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ४५० रुपैयाँ कायम भएको छ।

सुनको भाउ हिजो बिहीबार एकैदिन १ हजार ६०० रुपैयाँले उकालो लागेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९२ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

गत सातादेखि लगातार घटिरहेको सुनको भाउ गत मंगलबारदेखि बढ्न थालेको हो। गत मंगलबार तोलामै ५०० रुपैयाँ बढेको सुनको बुधबार पनि ५०० रुपैयाँले उकालो लागेको थियो। 

समग्रमा यो साताभरि सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँ बढेको छ। गत साता शुक्रबार प्रतितोल फाइन गोल्ड ९१ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार २१० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार २० रुपैयाँले बढेको चाँदी गत बुधबार ३० रुपैयाँले उकालो लागेको थियो। गत मंगलबार भने चाँदीको भाउ तोलामै ३५ रुपैयाँले बढेको थियो। 

यो साताभरि चाँदीको भाउ तोलामा ४५ रुपैयाँ बढेको छ।