काठमाण्डौ । नेपालको पूँजीबजारमा लगानीकर्ताहरुको फेरि अर्को संगठन जन्मिएको छ । 

पूँजीबजार सुधार संघर्ष समितिको नामबाट आन्दोलन गरिरहेको समूहले नयाँ संगठन बनाएको हो । 

शुक्रबार काठमाण्डौमा भएको लगानीकर्ताहरुको भेलाले स्वतन्त्र पूँजीबजार सुधार संघ गठन गर्ने निर्णय गरेको हो । 

नवगठित संघका अध्यक्ष डिल्लीश्वर(रोहन) कार्की सर्वसम्मत चुनिएका छन् । उनको नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति समेत गठन भएको छ ।

समितिको उपाध्यक्षमा विनायक शिवाकोटी(आदित्य), सचिवमा विनोद बजगाई, सहसचिवमा शिरिष आचार्य र सुनिलकुमार दाहाल, कोषाध्यक्षमा सुशील कुमार लुनियाँ, सहकोषाध्यक्षमा विमला न्यौपाने र सदस्यहरुमा ज्यानेन्द्र ओझा, रत्नकाजी महर्जन, राजेन्द्र खड्का र डम्बर श्रेष्ठ(विकास) चयन भएका छन् । 

भेलाले ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सो समितिमा उपेन्द्र पाठक, उमेशराज सिलवाल र अनिल खतिवडा रहेका छन् । यो संघको संरक्षकको रुपमा दीपेन्द्र अग्रवाल रहेका छन्। 

यसअघि सेयर बजारका लगानीकर्ताहरुको सहभागितामा ४ वटा संगठन बनिसकेका छन् । 

तदर्थ समितिका अध्यक्ष रोहन कार्कीका अनुसार संघको दर्ता प्रक्रिया अर्को साताभित्र सक्ने योजना बनाइएको छ ।