काठमाण्डौ । यदि तपाइँ सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता हुनुहुन्छ भने यो खबरले चकित पर्न सक्नुहुन्छ।

हालै सार्वजनिक एक खबरअनुसार ठूलो संख्यामा फेसबुक प्रयोगकर्ताको गोप्य विवरण चुहावट भएको छ। बिजनेस इन्साइडर वेबसाइडका अनुसार विश्वभरका करिब १०६ देशका ५० करोड प्रयोगकर्ताको गोप्य विवरण एउटा ह्याकरले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको तथ्य सर्वाजनिक भएको हो। जसमा फेसबुक प्रयोगकर्ताको नाम, ई–मेल आईडी, फोन नम्बर, फेसबुक आईडी, ठेगाना, जन्म मितिजस्ता गोप्य विवरणहरु सार्वजनिक गरिएको छ। 

यसरी गोप्य विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा प्रयोगकर्ताहरु गोपनीयताको सुरक्षामाथि प्रश्न उठ्न थालेका छन्। 

यसअघि सन् २०१८ मा पनि कम्पनीले फोन नम्बरका माध्यमबाट फेसबुक प्रयोगकर्ताको अकाउन्ट खोज्ने सुविधा यस्तै चुहावटका कारण बन्द गरेको थियो। किनकि त्यतिबेला क्याम्ब्रिज एनालिटिकाले ८ प्रयोग ७० लाख फेसबुक प्रयोगकर्ताको गोप्य जानकारी कम्पनीको सहमति नै बिना सार्वजनिक गरेको थियो।

यद्यपि हालै प्रयोगकर्ताको गोप्य विवरण सार्वजनिक भएको भन्ने विषयमा फेसबुकले ती विवरण पुरानो भएको दाबी गरेको छ। ‘ती विवरण २०१९ को हो, त्यति बेलै हामीले यो समस्या समाधान गरिसकेका छौँ’, फेसबुकको एक अधिकारीले भनेका छन्। – एजेन्सी