काठमाण्डौ । सेयरमूल्यमा उछाल आएसँगै दिग्गज सोसल मिडिया कम्पनी फेसबुकको बजार पुँजीकरणले सोमबार १ लाख करोड डलर पार गरेको छ। 

फेसबुकको बजार पुँजीकरण पहिलोपटक १ लाख करोड डलर माथि पुगेको हो। यसअघि एप्पल, माइक्रोसफ्ट, अमेजन र गुगगको कुल बजार पुँजीकरण १ लाख करोड डलर पुगिसकेको छ। बजार पुँजीकरण १ लाख करोड डलर पार गर्ने फेसबुक पाँचौँ कम्पनी हो।

फेसबुकविरुद्ध एन्टीट्रस्ट मुद्दा खारेज भएपछि सोमबार यो कम्पनीको सेयरमूल्यमा ४.२ प्रतिशतको उछाल आएको थियो। जसका कारण यसको सेयरभाउ ३५५.६४ माथि पुगेको छ। 

यूएस फेडरल ट्रेड कमिसन र अन्य थुप्रै राज्यका अटर्नी जनरलले फेसबुकविरुद्ध एन्टीट्रस्ट मुद्दा हालेका थिए। – एजेन्सी