काठमाण्डौ । इन्स्टाग्राम रिल्स निकै लोकप्रिय छ। यही लोकप्रियताको फाइदा उठाउन मेटाले फेसबुकमा यो छोटो भिडियो फिचर पनि थपेको छ। अब फेसबुकले प्रयोगकर्तालाई मासिक करिब ५ लाख रुपैयाँ कमाउने मौका दिएको छ।

यसका लागि प्रयोगकर्ता (क्रिएटर्स)ले ओरिजिनल कन्टेन्ट बनाउनुपर्नेछ। कम्पनीले फेसबुकमा च्यालेन्ज ल्याएको छ। यसबाट क्रिएटर्सले रिल्स प्ले बोनस प्रोग्राममा सहभागी हुन सक्नेछन्। मेटाले भुक्तानी कसरी गणना गर्ने भनेर एडजस्ट गरिरहेको छ। 

यो प्रोग्रामले ती क्रिएटर्सलाई रिवार्ड दिइनेछ, जसले हाई क्वालिटी ओरिजिनल कन्टेन्ट बनाउनेछन्। कम्पनीले एक विज्ञप्तिमा एक महिनामा त्यस्ता क्रिएटर्सलाई ४ हजार डलर (लगभग ५ लाख रुपैयाँ) सम्म पुरस्कार दिइने जनाएको छ। यो प्रोग्राममा सबै क्रिएटर्र्सले हरेक महिना च्यालेन्जमा सहभागी हुन पाउनेछन्। 

पहिलो चुनौती पूरा गरेपछि अनलक हुनेछ दोस्रो चुनौती 

उदाहरणका लागि जब क्रिएटर्सको ५ रिल्स १००–१०० पटक प्ले गरिन्छ भने कम्पनीले २० डलरको रिवार्ड दिनेछ। यो चुनौती पूरा गरेपछि अर्को चुनौती अनलक हुनेछ। अर्थात् ५ रिल्स च्यालेन्ज पूरा गरेपछि क्रिएटर्सले नयाँ च्यालेन्ज पाउनेछन्। जसमा क्रिएटर्सको २० रिल्स ५००–५०० पटक प्ले गरियो भने कम्पनीले १०० डलर रिवार्डका रुपमा दिनेछ।

च्यालेन्जहरुमा क्रिएटर्र्सको प्रोग्रेस हरेक ३० दिनमा बोनस पिरियपछि फेरि र्यांक गरिनेछ। यसमा क्रिएटर्सलाई अरुको सामग्री प्रतिलिपि गरेमा कुनै पुरस्कार दिइने छैन। यसमा क्रिएटर्सलाई मूल सामग्रीका लागिमात्र भुक्तानी गरिनेछ।

फेसबुकले गत वर्ष १५० भन्दा बढी देशमा छोटो भिडियो सेयरिङ फिचर रिल्स लन्च गरेको छ। यो रिल्स क्रिएटर्सका लागि नयाँ एडिटिङ टुल्स पनि थप गरिएको छ। यसमा भिडियो क्लिपिङ र अन्य उपकरण समावेश छन्। –एजेन्सी