काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुकले विश्वव्यापी महामारी घोषणा गरिएको कोरोनाभाइरसबाट सिर्जित परिस्थितिसँग लड्न आफ्ना कर्मचारीहरुलाई १ हजार डलर बोनसका रुपमा वितरण गर्ने भएको छ। 

फेसबुकले यो बोनस दुर्गम ठाउँमा बसेर काम गर्ने, कोरोनाका कारण घरमै बसेर काम गर्ने र बालबच्चालाई हेरचाह गरेर बसिरहेका कर्मचारीलाई वितरण गरिने स्पष्ट पारेको छ। यसबारेमा फेसबुका सीईओ मार्क जुकवर्गले एउटा अन्तर्राष्ट्रिय सूचना जारी गरी सार्वजनिक गरेका हुन्। 

फेसबुकको अहिले विश्वर ४५ हजार बढी कर्मचारी कार्यरत छन्। तीमध्ये पूर्णकालीन कर्मचारीहरुमात्र यो बोनस रकमको हकदार हुने फेसबुकले जनाएको छ। करारमा काम गर्ने कर्मचारीले भने यो बोनसको रकम पाउने छैनन्। 

यसैबीच फेसबुकले कोरोनाभाइरसबाट प्रभावित ३० देशका साना व्यवसायको उत्थानका लागि १०० मिलियन डलर खर्च गर्ने घोषणा गरेको छ।

कोरोनाभाइरसका कारण फेसबुकसहित ट्विटर, गुगल र अमेजनजस्ता ठूला कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई घरबाटै काम गर्न निर्देशन दिइसकेको छ। – एजेन्सी