काठमाण्डौ । फेसबुक एक धेरै लोकप्रिय सामाजिक मिडिया प्लेटफर्म हो। नेपालमा धेरै प्रयोगकर्ताले यो सोसल मिडिया नेटवर्क प्रयोग गर्छन्। तर, कम्पनीले प्रयोगकर्तालाई झट्का दिने भएको छ। फेसबुकको एउटा फिचर छिट्टै बन्द हुने भएको छ। जसका कारण प्रयोगकर्ताले अर्को महिनाबाट त्यो फिचर प्रयोग गर्न पाउने छैनन्। 

कम्पनीले बन्द गर्न लागेको फिचर हो, नेबरहुड्स। यो हाइपरलोकल फिचर हो। यो फिचर अब अक्टोबर १ देखि बन्द हुनेछ। यो फिचरको मद्दतले प्रयोगकर्ताहरु आफ्नो वरपरका मानिससँग कनेक्ट हुन पाउँथे। 

यसबाहेक यो फिचरको प्रयोगबाट आफ्नो क्षेत्रमा नयाँ ठाउँहरु पनि पत्ता लगाउन सकिन्थ्यो। यो फिचर लोकल कम्युनिटीको हिस्सा रहेको छ। यो फिचर पहिलोपटक सन् २०२२ मा क्यानडा र अमेरिकाजस्ता देशमा लन्च गरिएको थियो। यसमा प्रयोगकर्ताहरुलाई सर्भिसमा ज्वाइन भएर छुट्टै प्रोफाइल बनाउन सक्ने विकल्प थियो। 

यद्यपि यो फिचर ठूलो मात्रामा विस्तार गरिएको थिएन। यसबारे मेटाले यसको महत्व नबुझेको बताइएको छ। नेबरहुड्स फिचरलाई बन्द गर्ने निर्णयले पनि त्यही देखाउँछ। तर, कम्पनीले यसको स्पष्ट कारण भने दिएको छैन।

कम्पनीले अहिले लागत कटौतीको काम गरिरहेको छ। यसले निश्चित रुपमा कम्पनीलाई मद्दत गर्नेछ। यसबाहेक नेबरहुड्स बन्द हुँदा कम्पनीका सेयरधनीलाई खासै नोक्सानी हुने छैन। सोही कारण कम्पनीले बन्द गर्ने निर्णय गरेको हो।

कम्पनीले नेबरहुड्स फिचर सुरु गर्नुको उद्देश्य स्थानीय समुदायलाई एकजुट गराउनु रहेको जनाएको थियो। –एजेन्सी