काठमाण्डौ । फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ। यो फेसबुकको व्यापक रिब्रान्डिङको हिस्सा हो।

कम्पनीले अब सोसल मिडियाबाट भर्चुअल रियालिटीमा आफ्नो पहुँच बढाउने घोषणा पनि गरेको छ। नामको परिवर्तन अलग–अलग प्लेटफर्महरु जस्तै– फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा भने गरिने छैन। 

यो परिवर्तन यी सबै प्लेटफर्महरुको स्वामित्व भएको प्यारेन्ट कम्पनीका लागि गरिएको हो। अर्थात प्यारेन्ट कम्पनीको नाम अब मेटा भएको छ र फेसबुक, ह्वाट्सएप र इन्स्टग्राम यसको हिस्सा हुनेछन्।

एक पूर्वकर्मचारीबाट विभिन्न दस्तावेज लिक भएपछि आइरहेका नकारात्मक नतिजाहरुकै समयमा फेसबुकको नाम परिवर्तन गरिएको छ। ती कर्मचारीले फेसबुक प्रयोगकर्ताहरु विवरण सुरक्षाभन्दा पनि नाफा कमाउन उदत्त रहेको आरोप लगाइरहेका छन्।

फेसबुकका मालिक मार्क जुकरबर्गले नयाँ नाम मेटावर्स प्लानको एउटा हिस्सा भएको बताएका छन्। मेटावर्सको अर्थ एउटा अनलाइन दुनियाँ हो। जहाँ मानिसहरु भर्चुअल गेम खेल्न सक्छन्। कामसँगै सम्पर्क स्थापित गर्न सक्छन्। यसलाई भीआर (भर्चुअल रियालिटी) हेडसेट्स पनि भनिन्छ। 

त्यसो त सन् २०१५ मा पनि गुगलले यस्तै किसिमको कदम उठाएको थियो। उसले पनि प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरी अल्फाबेट गरेको थियो। यद्यपि यो नाम प्रचलनमा रहेको छैन। – एजेन्सी