काठमाण्डौ । फोटोन मोटर्सका लागि नेपालमा आधिकारिक बिक्रेता एम.ए.डब्ल्यू भृद्धि कमर्सियल भेइकल्स प्रालिले नयाँ गाडी भ्यू सीटू फिप्टिन सिटर (View C2 15 Seater) भित्र्याउने भएको छ । 

फोटनले विश्वभर विश्वस्तरीय कमर्सियल गाडीहरु बिक्री गर्दै आइरहेको छ । 

पछिल्लो समय नेपाली बजारमा पनि बिभिन्न मोडलका फोटन गाडीहरुको बिक्री हुने क्रम बढिरहेको कम्पनीले जनाएको छ । यहीकारण भ्यू सीएस टू एल १९ सिटरको सफल सुरुवातले गर्दा एम.ए.डब्ल्यू. भृद्धिले यो नयाँ गाडी (View C2 15 Seater) नेपाल भित्र्याउने तयारी गरेको हो । 

कम्पनीकाअनुसार यो गाडी नेपालमा २०२१ को सुरुवातसम्म भित्रिने प्रवल सम्भावना छ ।

आकर्षक लुक्स र स्टाइलले गर्दा सबैको आखाँ यो गाडीमा सजिलै जान्छ । जसरी फोटनले आफ्ना गाडीहरुमा विश्वस्तरीय इञ्जिनहरु समावेश गरेको छ, त्यसरी नै यो गाडीमा पनि विश्वस्तरीय इञ्जिनहरु र सुरक्षा मापदण्डहरुको बेजोड संगम छ । 

फोटनले यो समूहमा आफ्नो १५ सिटे गाडी सबैभन्दा बढी किफायती, सुलभ र आनन्ददायी हुने दाबी गरेको छ । यसका लागि फोटनले रिसर्च एण्ड डेभलोपमेन्टमा निकै धेरै समय र उस्तै लगानी समेत गरेको थियो । 

जसरी अरु वातावरणलाई ध्यानमा राखेर बनाईएका गाडीहरु हुन्छन्, त्यसैगरी फोटनको १५ सिटर पनि बनाईएको छ, जसले शून्य प्रतिशत कार्बनडाइअक्साइड उत्पादन गर्छ । 

विश्वभरिका ७० भन्दा बढी वैज्ञानिकहरु फोटोनको टेक्नोलोजी सेन्टरमा कार्यरत छन् । यसैले गर्दा फोटोनले आफ्नो गाडीहरुमा टेक्नोलोजीको राम्रो प्रयोग गरेको पाईन्छ, जुन भ्यू सीटू फिप्टिन सिटरमा पनि राम्रोसँग समावेश गरिएको छ । 

जसले व्यवसायिक साधनहरुमा लगानी गर्न खोजिरहेका छन्, उनीहरुका लागि फोटोनले भित्र्याउन लागेको १५ सिटर फाईदाजनक साबित हुनसक्ने देखिएको छ । यो गाडीको नेपाली बजारमा मूल्य ४० देखि ५० लाख रुपैयाँसम्म पर्नसक्ने अनुमान गरिएको छ ।