काठमाण्डौ । फोन पे पेमेन्ट सर्भिस लिमिटेडले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग,दशैं धन मौका’ नामक योजना सार्बजनिक गरेको छ ।

यस योजनाअन्तरगत फोन पे डाइरेक्टमार्फत  बैंक तथा वित्तीय संस्थामा अन्तर बैंक कारोबार गर्दा हरेकदिन एकलाख रूपैयाँ जित्न सकिनेछ । 

कार्तिक १ गते घटस्थापनादेखि कार्तिक १४ गते पूर्णिमासम्म सञ्चालन हुने यो योजनामा बम्पर उपहारमा रू ५ लाख जित्न सकिनेछ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले फोन पेले यस्तो योजना सुरु गरेको हो । यस योजनामा क्यूआरमार्फत गरिने भुक्तानीलाई भने समावेश गरिने छैन । 

नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन पे सर्भिस लिमिटेडका करिब डेढलाख मर्चेन्ट रहेका छन् । फोन पे बैंकिङ, वालेट तथा मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसकेको छ । फोन पेमा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् । जहाँबाट नेपालभरका मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ । साथै इसेवाका करिब ३५ लाख ग्राहकले यसबाट प्रत्यक्ष फाइदा लिइरहेका छन् ।