काठमाण्डौ । जी.ओ. अटोमोबाईल्स प्रा.लि (जिओ फोर्ड) ले ‘ फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’ योजना ल्याइको छ ।
 
फोर्ड इकोस्पोर्ट लोकप्रिय कम्प्याक्ट एसयुभी, बहुआयमिक तवरले लोकप्रिय एसयुभी हो र यसको २०२० मोडेलमा बहुमुखी प्रतिभा र क्षमता प्रदान गर्दै थप परिष्कृत स्टाइल र टेक्नोलोजीका साथ नेपाली ग्राहकका लागि उपलब्ध छन् । १५०० सी सी ड्रयागन सीरीज इन्जिन जडित, १२२ पीएस पावर प्रदान गर्ने इकोस्पोर्ट एसयुभी क्षेत्रमा सबैभन्दा शक्तिशाली एसयुभी हो ।
 
यसै शक्तिलाई प्रमाण्ति गर्न र ग्राहकहरुलाई यसको इन्जिनको शक्ति अनुभव गराउन, फोर्डले फोर्ड इकोस्पोर्ट पावर  च्यालेन्ज योजना ल्याएको छ । ग्राहकले यस योजनामा भाग लिन, न्यूनतम रकममा फोर्ड इकोस्पोर्ट बुक गर्नु पर्नेछ र  त्यसपछि ग्राहकले यस सेगमेन्टको अरु कुनै पनि गाडी चूनौतीको लागि रोज्न सक्दछन ।  फोर्ड इकोस्पोर्टसँग पावर  र पिकअपमा ठाडो उकालो सडकमा चूनौती दिन सक्ने कम्पनीले दाबी गरेको छ । कम्पनीका अनुसार यदि इकोस्पोर्टले सेगमेन्टमा प्रतियोगीलाई हराएन भने ग्राहकले बुकिङ्ग रकम भन्दा दोब्बर रकम फिर्ता पाउने छन् । 
सन् २०२० मा बनेको ईकोस्पोर्ट भरत स्टेज भीआइ(बीएस भीआइ) मा आधारित  पेट्रोल र डिजेल इन्जिनका साथ आकर्षक मूल्यमा उपलब्ध छ । यो गाडी ड्राइभिङ्गको लागि रमाइलो, शक्तिशाली र पेट्रोल÷डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको छ । पेट्रोलमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५लि. टी भीसीटी  पेट्रोल ईन्जिन समावेश छ । जसले  १२२ पीएस पावर र १४९ एनएम टर्क प्रदान गर्दछ । पेट्रोल ईन्जिन पाँच स्पीड म्यानुअल ट्रान्समिशन र ६ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ ।
 
ईकोस्पोर्ट डिजेलमा फोर्डको विश्वस्त र भरपर्दो बीएसभीआईमा आधारित १.५ लि. टीडीसीआई डिजल ईन्जिन रहेको छ जसले १०० पीएस पावर र २१५ एनएम टर्क प्रदान गर्दछ र यो म्यानुअल ट्रान्समिशनमा उपलब्ध छ । यस ईकोस्पोर्टले आकर्षक बाहिरी बनावट, आरादायी भित्री बनावट तथा स्टाइल लाई कायम राखेको छ ।  साथै यो सनरुफ जडित भेरियन्टमा पनि उपलब्ध छ ।