काठमाण्डौ । आधुनिक जीवनस्तरलाई ध्यानमा राखी फोर्डले आफ्नो प्रख्यात फोर्ड फिगोको मौलिक स्टायल, शक्तिशाली इञिजन , मितव्ययी र आरामदायी यात्रालाई अझ परिमार्जन गरी २०१९ संस्करणको फोर्ड फिगो बजारमा ल्याउको छ । जसको मूल्य रु.२४,९९,००० पर्ने बताइएको छ । 

यसमा १२०० भन्दा बढी सुक्ष्म तथा ठूला परिवर्तन तथा परिमार्जनका साथ आकर्षक बाहिरी र आरमदायी भित्री बनावट, सुरक्षा सम्बन्धि उत्कृष्ट प्रविधि शक्तिशाली इन्जिन फोर्ड फिगोको सवारीलाई अझ बढी उत्कृष्ट र रमाइलो बनाइने विश्वास लिइएको छ ।

नयाँ फोर्ड फिगो दुई इञ्जिन प्रकार र चार मोडल तथा सात रङ्गहरुमा उपलब्ध हुनेछ । 

फोर्ड फिगो प्रथम गाडी खरीदकर्ता तथा आफ्नो मूल्यको पूर्ण लाभ खोज्नेहरुका लागि पहिलो रोजाइको रुपमा रहँदै आएको कम्पनीको दाबी छ। 

नयाँ संस्करणमा यी गुणहरुका साथै आजको आधुनिक जीवनशैलीलाई मध्यनजर गर्दै स्मार्ट टेक्नोलोजी तथा विशेषताहरु समावेश गरी ग्राहकवर्गलाई अझ बढी सन्तुष्टि प्रदान गर्न परिमार्जित रुपमा ल्याएको हो ।

फोर्डको विश्वव्यापी फन टू ड्राइभ दर्शनका साथ नयाँ फिगोमा हलुका, इन्धन उपयोगी ३ सिलिण्डरयुक्त 1.2 L. TiVCT पेट्रोल इञ्जिन जडान गरिएको छ । 

यो नयाँ प्रविधियुक्त इन्ञिजनले . 96 PS Power , 120 Nm torque  प्रदान गर्दछ । 

साथै डिजेल गाडीका पारखीहरुका लागि 1.5 L. TDCi इञ्जिन जडान गरिएको छ, जसले 100 PS power / 215 NM torque  प्रदान गर्दछ र इन्धन खपत मात्र २५.५ कि.मी./लि. रहेको छ  । 

यी दुवै इञ्जिनयुक्त फोर्ड फिगो ५–स्पीड ट्रान्समीसनमा उपलब्ध हुनेछ र यो पहिलेको भन्दा १५ प्रतिशत हलुका हुनुका कारण बढी इन्धन बचत हुनेछ । 
साथै पहिलेको संस्करणहरु भन्दा नयाँ फिगोमा करिब ४० प्रतिशत कम गेयर आयलको उपभोग हुनेछ ।

नयाँ फिगोमा धेरै नवीन प्रविधिहरु थपिएका छन् जसले सवारीलाई आरादायी बनाउनुका साथै बढी सुरक्षित पनि राख्न मद्दत गर्छ । 

फिगोको सबै मोडेलमा दुईवटा एयर ब्याग राखिएको छ । यसका साथ सुरुक्षालाई अझ सशक्त बनाउन Anti - lock braking system (ABS),Electronic stabling program (ESP)ले गाडीलाई मोडहरुमा हाक्न पनि सजिलो बनाएका छ र समग्रमा फोर्ड फिगो चलाउन एक रमाइलो र आरादायी गाडीको दर्जामा रहने विश्वास लिएको छ ।

चालक तथा यात्रुको मनोरञ्जनका लागि यसमा ७ इञ्चको टचस्क्रीन सिस्टम राखिएको छ ।