काठमाण्डौ । फोर्ड नेपालको लागि आधिकारिक विक्रेता जी.ओ. अटोमोबाईल्स प्रा.लि ले २०२० संस्करण फोर्ड ईकोस्पोर्ट सार्वजनिक गरेको छ ।

भारत स्टेज फोर(बीएस फोर)मा आधारित २०२० संस्करणको ईकोस्पोर्ट पुरानो मूल्यमा नै निरन्तरता दिई सार्वजनिक गरिएको छ ।

२०२० मा सार्वजनिक यो गाडी ड्राइभिङ्गका लागि रमाइलो, शक्तिशाली र पेट्रोल डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको छ।

२०२० ईकोस्पोर्ट डिजेलमा फोर्डको विश्वस्त र भरपर्दो बीएसभीआईमा आधारित १.५ लिटर टिडिसिआई डिजल ईञ्जिन रहेको छ, जसले १०० पिएस पावर र २१५ एनएम टर्क प्रदान गर्दछ र यो म्यानुअल ट्रान्समिशनमा उपलब्ध छ ।

लाइन–अपमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५ लिटर टीआई भीसीटी पेट्रोल ईन्जिन समावेश छ । जसले १२२ पीएस पावर र १४९ एनएम टर्क प्रदान गर्दछ । पेट्रोल ईञ्जिन पाँच स्पीड म्यानुअल ट्रान्समिशन र ६ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ ।

२०२० संस्करण ईकोस्पोर्ट ३ वर्ष वा १,००,००० कि.मी. को वारेन्टीका साथ आउने यी गाडीहरु स्वामित्व आफ्नो सेग्मेन्टमा सबैभन्दा कम स्वामित्व खर्च रहेको छ ।

यस संस्करणमा पनि ईकोस्पोर्टले आकर्षक वाहिरी बनावट, आरादायी भित्री बनावट तथा स्टाइल लाई कायम राखेको छ ।  साथै यो सनरुफ जडित भेरियन्टमा पनि उपलब्ध छ ।

२०२० ईकोस्पोर्टमा ग्राहकहरुको लागि अतुलनीय सुरक्षा, आरामदायी सवारीका साथै हरेकपल कनेक्टेड रहन उच्चतम प्रविधिहरु जडान गरिएको छ ।

यसमा चालक र यात्रीको सुरक्षाको लागि ६ वटासम्म एयरव्याग राखिएको छ भने यसको माथिल्लो मोडेलमा मनोरञ्जन तथा कनेक्टिभिटीका लागि ८ इञ्चको टचस्क्रीनयुक्त सिन्क थ्री सिस्टम, एप्पल कार प्ले तथा एण्ड्रोइड अटो रहेको छ । बाँकी मोडेलमा ९ इञ्च टचस्क्रीन रहेको छ ।

सवारी आरामदायी तथा सुविधाजनक बनाउन अरु धेरै उच्चतम प्रविधि जस्तै स्वचालित हेडल्याम्प, पुस बटन, स्टार्ट÷स्टप, डि.आर.एल रेन सेन्सिङ्ग वाइपर आदि पाउन सकिन्छ ।