काठमाण्डौ । जि.ओ. अटोमोबाईल्स प्रा.लि.(जिओ फोर्ड), नेपालका लागि फोर्ड गाडीहरुको अधिकृत बिक्रेताले नेपालमा सबैभन्दा हर्ष उल्लासका साथ मनाइने चाडपर्व दसैँ–तिहारलाई लक्षित गर्दै फोर्ड फेस्टिभ अफर ल्याएको छ । 

यस समयमा गाडीहरुको बिक्रीमा वृद्धि हुने भएकोले धेरैजसो अटोमोबाईल्स ब्राण्डले यसै समयमा विभिन्न योजनाहरु ल्याउने गरेका छन् । 

यो वर्ष फोर्ड फेस्टिभ अफरअन्तर्गत, ग्राहकहरुको सुविधालाई ध्यानमा राखी, ग्राहकहरुले उपलब्ध तीन अफरहरुमध्ये एउटा छनोट गर्न सक्दछन् र नगद छुट, आर्थिक वर्षका लागि सडक कर र एक वर्ष निस्शुल्क बीमा जस्ता नियमित लाभहरु पनि लिन सक्छन् । गाडीको बुकिङ्गमा नगद छुट, सडक कर र बीमाको नियमित लाभहरुबाहेक ग्राहकले यी योजनाहरुमध्ये एउटा छनौट गर्न सक्दछन् ।

योजना १: स्क्र्याच कार्ड– ग्राहकले बक्सबाट ३ वटा स्क्र्याच कार्ड छनौट गरी रु. ४,५०,००० सम्म जित्ने मौका पाउने छन् । प्रत्येक स्क्र्याच कार्डमा ग्यारेण्टी मूल्य रु.२५,००० रहेको र बढीमा यो रु. १,५०,००० सम्म हुनेछ । यो अफर अन्र्तगत ग्राहकहरुले विस्तृत बीमा र आधारभूत असेसोरिज प्राप्त गर्दछन ।

योजना २: ६ महिने इएमआई होलिडे– यस योजनाअन्तर्गत ग्राहकलाई पहिलो ६ महिना बैंकलाई किस्ता भुक्तानी गर्नु नपर्ने हुनाले मासिक किस्ताको तनावबाट छुटकारा दिनेछ । यो योजना माछापुच्छ्रे बैँकमार्फत उपलब्ध हुनेछ र जिओ फोर्डले ग्राहकको पहिलो ६ महिनाको ब्याज वापतको रकम तिरिदिनेछ । यो योजनामा ग्राहकहरुले असेसोरिज र बीमा पनि प्राप्त गर्दछन् ।

योजना ३: स्थगित भुक्तानी– यस योजनाअन्तर्गत ग्राहकले ३० प्रतिशतसम्म डाउनपेमेन्टका साथ बैंकबाट जारी ५० प्रतिशतको डेलिभरी अर्डर दिई गाडी डेलिभरी लिन सक्नेछन् । बाँकी २० प्रतिशतका लागि ग्राहकलाई ४ महिनाको थप अवधि प्रदान गरिनेछ । यी ४ महिनामा ग्राहकले २० प्रतिशतलाई बराबर भाग लगाइ किस्तामा तिर्नुपर्नेछ । बाँकी रकम तिरिसकेपछि, बैंक लोनका लागि प्रस्ताव अगाडि बढाइनेछ ताकि ग्राहकले बैंकको किस्ता पहिले व्यहोर्नपर्ने छैन ।

यो योजना फोर्ड फिगो, फोर्ड एस्पाएर, फोर्ड फ्रीस्टाईल र फोर्ड इकोस्पोर्टको भेरियन्टहरुमा उपलब्ध छ ।