काठमाण्डौ । फोर्डको नेपालको लागि आधिकारिक बिक्रेता जि.ओ. अटोमोवाइल्स् प्रा.लि.ले उपभोक्ताको सन्तुष्टिलाई ध्यानमा राख्दै पछिल्लो बिएस सिक्स कम्प्लाएन्ट फोर्ड २०२० मा विशेष अफर ल्याएको छ ।

यसअन्तर्गत ग्राहकले १० वर्षसम्मको फाइनान्स सुविधा, ३० प्रतिशत डाउन पेमेन्ट, स्थगित भुक्तानी सुविधा, परिवारको लागि कोभिड विमा सुविधा, विशेष नगद छुट, एक वर्षको वीमा, एक्सचेञ्जको सुविधा, लोएल्टी वोनसका साथ ३ वर्ष वारेन्टी, ३ वर्षको निशुल्क सर्भिसिङका साथ अन्य सुविधा उपलब्ध गराएको छ । 

दश वर्षको फाइनान्स सुविधाले ग्राहकलाई भुक्तानी गर्न पर्याप्त समय दिन्छ भने मासिक किस्ता कम हुने गर्दछ । 

जि.ओ अटोमोवाइल्सले फोर्ड अनलााइन शोरुम पनि संचालन गरिरहेको छ, जहाँ ग्राहकले सो–रुम नआइकनै अनलाइन मार्फत चाहेको सवारी साधनको विशेषताहरु बुझ्न तथा हेर्न सकिन्छ । सो–रुममा रहेका प्रतिनिधिसँग अनलाइन सबै बुझ्न सकिन्छ र यसको सहायताले ग्राहकलाई आफ्नो रोजाईको गाडी खरिद गर्न सम्भव बनाएको छ ।