काठमाण्डौ । फोर्ड मोटर इन्डिया र महिन्द्रा एन्ड महिन्द्रा मिलेर तीन नयाँ एसयूभी लन्च गर्ने योजना बनाइरहेका छन् ।

मानिन्छ छ कि एसयूभी मार्केटमा निकै प्रतिस्पर्धाकाकारण यी दुई कम्पनी आफ्नो दमदार फाइदा लिन चाहन्छन् । समाचार एजेन्सीहरुका अनुसार जबदेखि यी दुई कम्पनीले साझेदारीको घोषणा गरे तबदेखि उनीहरुले मिलेर नयाँ एसयूभी भारतीय बजारमा पेस गर्ने चर्चा चल्न थालेको हो । यी दुई कम्पनीले तीनवटा एसयूबी पाइपलाइनमा राखेको चर्चा छ ।

फोर्ड मोटर भारतमा आउने केही वर्षमा आफ्नो अपरेसनमा करिब १ अर्ब डलर लगानी गर्नेछ । फोर्डले ५०० मिलियन डलर भारती बजारमा नयाँ एसयूभी तयार गर्न लगानी गर्ने चर्चा चलेको छ ।

फोर्डले महिन्द्रासँग मिलेर यी एसयूभी डेभलप गर्नेछ । दुवै कम्पनी मिलेर महिन्द्रा एक्सयूभी ५०० को नेक्स्ट जेनरेसन कार बजारमा ल्याउने पनि व्यापा चर्चा छ । यो कार हुन्डईको क्रेटा र मारुतीको विटारा ब्रेजासँग ठक्कर दिने उद्देश्य ल्याउने उनीहरुको योजना छ ।

यी कम्पनीले ल्याउन लागेको एसयूभी चिन र ब्राजिलमा बेच्ने योजना रहेको छ । कम्पनीको प्लानिङ जिप कम्पास जस्ता गाडीलाई टक्कर दिने खालको कार लन्च गर्ने योजना पनि छ । 

फोर्ड र महिन्द्रा मिलेर सन् २०२० सा कार लन्च गर्ने तयारी गरिरहेको पनि बताइएको छ । यी दुवै कम्पनीले मिलेर फोर्ड फिगोको प्लेटफर्ममा इलेक्ट्रिक कार पनि डेभलप गर्ने योजनामा हात मिलाउन सक्ने जानकारहरु बताउँछन् । – एजेन्सी