काठमाण्डौ। केही समयअघि मूल्य सार्वजनिक गरी बुकिङ खुला गरेको फोर्स गुर्खा 4x4x4 को टेस्ट ड्राइभ क्याम्पियन पोखरामा उत्साहजनक सहभागिता भएको छ। 

नेपालमा हिमालय अर्गनाइजेसनअन्तर्गत फोर्स मोटर्सको आधिकारिक आयातकर्ता तथा बिक्रेता रहेको आयाम इन्टरकन्टिनेन्टल प्रालिले पोखरा चाउथेमा आफ्नै शोरुमबाट टेस्ट ड्राईभ क्याम्पियन सुरु गरेको पहिलो दिन अर्थात फागुन १८ गतेका उत्साहजनक रुपमा २६ जना सहभागी भइ टेस्ट ड्राइभ गरी यसका विशेषताहरुको भरपुर आनन्द लिएका छन्। टेस्ट ड्राइभ क्याम्पियनमा उत्साहजनक सहभागी ग्राहकको फोर्स गुर्खा द्धहद्धहद्ध प्रतिको आकर्षण वृद्धि रहेको कम्पनीले जनाएको छ। 

इच्छुक ग्राहकले यही फागुन २० गतेसम्म पोखरामा टेस्ट ड्राइभ गरी गाडीमा रहेका विभिन्न फिचरको अनुभव गर्न पाउनेछन्। पोखरामा रहेको टेस्ट ड्राइभ क्याम्पियनपश्चात नेपालको काठमाण्डौ, चितवन, झापा, इटहरीलगायत विभिन्न सहरमा टेस्ट ड्राइभ क्याम्पियन सञ्चालन गरिने कम्पनीले जनाएको छ।