काठमाण्डौ । फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्नो नवौं वार्षिक साधारणसभा आगामी असोज २७ गते आह्वान गरेको छ । 

कम्पनीले काठमाण्डौको अनुपम फूडल्याण्डमा आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको हो । 

साधारणसभाले यसअघि संचालक समितिले गरेको १२.६३१६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पास गर्नेछ । यस्तै, कम्पनीको रजिष्टर अफिसको ठेगाना परिवर्तन तथा सामाजिक उत्तरदायीत्व अन्तर्गत गरिएका सहयोगहरुलाई अनुमोदन गर्ने एजेण्डा समेत प्रस्तुत हुने बताइएको छ । 

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि आगामी असोज १७ गतेदेखि बुक क्लोज गर्नेछ । असोज १६ गतेसम्म यो कम्पनीको सेयर खरीद गरेका वा नामसारी गरेकाहरुले मात्र साधारणसभा सहभागी हुन पाउनेछन् ।