काठमाण्डौ । फ्रान्समा डेटा गोपनीयतामाथि निगरानी राख्ने निकाय नेसनल कमिसन अन इन्फोमेटिक्स एन्ड लिबर्टी) सीएनआईएलले गुगल र अमेजनमाथि जरिवाना लगाएको छ।

सीएनआईएलले गुगललाई १० करोड युरो (रु. १४ अर्ब २३ करोड) र अमेजनलाई ३.५ करोड युरो (रु. ४ अर्ब ९८ करोड) को जरिवाना लगाएको हो। यी दुवैलाई फ्रान्सको विज्ञापन कुकिज नियमहरुको उल्लंघन गरेको आरोप लगाइएको छ।

सीएनआईएलले यी दुवैको फ्रान्सिसी वेबसाइटले इन्टरनेट उपभोक्ताको विज्ञापन उद्देश्यहरुका लागि ट्रयासर्स र कुकिज पढ्ने पूर्वानुमति नलिएको जनाएको छ। यी कुकिज र ट्रयाकर्स व्यक्तिको कम्प्युटरमा आफैँ सेभ हुने गरेको सीएनआईएलको ठहर छ।

सीएनआईएलले गुगर अमेजन उपभोक्ताहरुलाई यी कुरा जानकारी गराउन पनि असफल भएको उल्लेख गरेको छ। – एजेन्सी