काठमाण्डौ । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हन्सराज हुलास चन्द एन्ड कम्पनी प्रालिले एक विशेष समारोहबीच नयाँ बजाज डोमिनार २५० खरिद गर्ने ग्राहकलाई साँचो हस्तान्तरण गरेको छ। 

गत माघ २ गते काठमाण्डौ ज्ञानेश्वरको एटिक रेस्टुरेन्ट भएको उक्त समारोहमा गोल्छा गु्रपका निर्देशक अभिमन्यु गोल्छाले बजाज डोमिनार २५० खरिद गर्र्ने ग्राहकहरुलाई साँचो, राइडिङ ब्याग र हेल्मेट रहेको गिप्mट ह्याम्पर हस्तान्तरण गरेका थिए।

सोही समारोहमा नै डोमिनार डेस्टिनेसनको पनि जानकारी दिइयो। डोमिनार डेस्टिनेसनको पहिलो इभेन्टमा सहभागी हुनका लागि बजाज डोमिनार २५० खरिद गर्न इच्छुक ग्राहकले अनलाइन फर्मभरि टेकुको बजाज शोरुममा बुझाउनुपर्नेछ। 

लक्की ड्रबाट छानिएका ग्राहकले यही माघ १० गते हुने डोमिनार डेस्टिनेसनको पहिलो इभेन्टमा सुकुटेसम्मको रोमान्चक फ्री राइडमा सहभागी हुने मौका प्राप्त गर्ने कम्पनीले जनाएको छ।