काठमाण्डौ । नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल बजारको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलास चन्द एन्ड कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकका लागि ‘बजाज पाँचको पन्च’ नामक ग्राहक योजना ल्याएको छ। जसअन्तर्गत ग्राहकलाई पाँचपटक जित्ने मौका दिँदैछ।

  • बजाजको विज्ञापनलाई आफ्नो फेसबुक पेजमा पोस्ट गरेबापत बाइक किन्ने बेलामा रु. १ हजारको छुट पाउनका लागि योग्य भइनेछ। 
  • यसैगरी बजाजको शोरुममा गएर आफ्नो छनौटको बाइक रोजेपछि रु. ५० हजारसम्म छुट पाउने मौका मिल्नेछ। यो छुट बाइक किन्ने बेलामा प्रदान गरिनेछ। 
  • त्यसपछि बाइक किन्ने प्रक्रिया आरम्भ गरेपछि फेसबुकमा पोस्ट गरेबापतको शोरुममा गएर बाइक रोजेबापतको अनि किन्नलाई बुकिङ गर्दा पाइने रु. १ लाखसम्मको जम्माजम्मी रकम छुटका रुपमा प्राप्त गर्न सकिनेछ।
  • यो अफरका बारेमा अरुलाई रिफर गरियो र किन्नेले पनि तपाइँले रिफर गरेको कुरा उल्लेख गरेमा रिफर गर्नेलाई तीनपटक थप फ्री सर्भिसिङ प्रदान गरिनेछ। 
  • यसका साथै बम्पर पुरस्कारस्वरुप रु. १० लाखसम्म जित्ने मौका मिल्नेछ।

यसरी समग्रमा सोचेर, हेरेर, किनेर, भनेर अनि बम्बर जितेर पाँच पटकसम्म पुरस्कार जित्ने मौका प्रदान गरिएकोले यो योजनाको नामकरण पनि ‘बजाज पाँचको पन्च’ भनेर गरिएको छ।