काठमाण्डौ । हिरो मोटोकर्पले नेपालमा आफ्नो उत्पादनको सूचीमा थप बढोत्तरी गरेको छ ।

कम्पनीले आइबिएस प्रविधिका साथ नयाँग्ल्यामर एक स्टाइलिस अवतारमा लन्च गरेको हो । युवामय एवं आधुनिक उत्पादनको सूची प्रतिको आफ्नो प्रतिबद्धतालाई विस्तार गर्दै विश्वकै मोटर साइकल र स्कूटरको सबैभन्दा ठूलो निर्माता हिरो मोटोकर्पले आफ्नो लोकप्रिय मोटरसाइकल हिरो ग्ल्यामरलाई अब एक नयाँ अवतारमा पेश गरेको जानकारी दिएको छ ।

अद्यावधिक गरिएको सुपर स्प्लेण्डर मोटरसाइकल प्रस्तुत गरे लगत्तै कम्पनीले बहु–उपयोगी तथा स्टाइलिस हिरो ग्ल्यामर बजारमा उपलब्ध गराएको छ । जसको बजार मूल्य हाललाई रु.२ लाख २० हजार. कायम छ । यो नयाँ मोटरसाइकल नेपालभर सबै प्रमुख शहरहरुमा रहेको हिरो डिलरसिप कहाँ आगामी आश्विन २३ गतेबाट  बिक्रीको लागि उपलब्ध हुने कम्पनीले बताएको छ ।

विश्वसनीय कार्य क्षमता एवं अद्भूत सवारी अनुभवसँगै स्टाइलिस नयाँ विशेषताहरुको संयोजनले भरपूर यो नयाँ ग्ल्यामरमा आइबीएस(एकीकृत ब्रेकिङ्ग प्रणाली) जस्तो सुरक्षात्मक विधि थप गरिएका कम्पनीले दाबी गरेको छ । आइबीएसको सुरक्षाले गर्दा चालकलाई समग्र भूभागहरुमा आराम र वास्तविक सडकको उपस्थितिका साथ दिनभर बाधा अड्चनहरु पार गर्न मद्दत पुग्ने कम्पनीको भनाइ छ ।

यसको स्टाइल उपलब्धि र चमत्कारी स्वरुपमा थपगरिएका अन्य विशेषताहरु मा थ्री डी ब्राण्डिङ्ग प्रतिरुप, नवीनतम धर्काहरु, स्प्लिट रियर ग्रिप,हगर फेण्डर र रिम टेपहरुका साथै युएसबी चार्जर पनि रहेका छन् । 

भारतको जयपुर,राजस्थानमा रहेको हिरो मोटोकर्पकोविश्वस्तरीय आर एण्ड डी केन्द्र, ‘अनुसन्धान तथा प्रविधि केन्द्र (सीआइटी) ले यो नयाँ हिरो ग्ल्यामरको डिजाइन तथा विकास गरेको हो ।

बिक्री शुभारम्भ समारोहलाई सम्बोधन गर्दै हिरो मोटोकर्पको ग्लोबल बिजनेसका प्रमुख रजत भार्गवले भने “हिरो मोटोकर्पको विश्वव्यापी व्यवसायिक रणनीतिमा नेपालको बजारले एक अर्थपूर्ण स्थान ओगटेको छ । हामीले पहिले नै यहाँको बजारमा मजबुत एवं लोकप्रिय हिरो उत्पादनहरु उपलब्ध गराइसकेका छौं र हिरो सुपर स्प्लेण्डर उपलब्ध गराए लगत्तै यो नयाँ हिरो ग्ल्यामर पेश गर्नुले हाम्रा ग्राहकहरुमाझ हिरोको थप उत्पादन विस्तार गर्न सहयोग पुगेको छ ।”

नेपालमा हाल उपलब्ध भइरहेका हिरोका उत्पादनहरुमा एक्सपल्स २००, एक्सपल्स २००टि, एक्स्ट्रिम २००आर, एक्स्ट्रिम स्पोर्टस्, एचिभर १५०, एचएफ डिलक्स, स्प्लेण्डर प्लस, स्प्लेण्डर आइस्मार्ट ११०, सुपर स्प्लेण्डर मोटरसाइकलहरु र डेस्टिनि, प्लिजर, प्लिजर प्लस, डुएट, मेएस्त्रो एज् स्कूटरहरु रहको छ । 

हिरो मोटोकर्पले नेपालमा सन् २०१० देखि नेपाल जनरल मार्केटिङ्ग लिमिटेड (एनजीएम) सँग मिलेर आफ्नो उत्पादनको बिक्री प्रारम्भ गरेको हो र एनजीएम हिरो मोटाकेर्पको नेपालको लागि एक मात्र आधिकारिक वितरक हो । हिरोले आफ्ना ग्राहकहरुलाई नेपालमा रहेका २५० सम्पर्क स्थलहरु लगायत७२ डिलरसिप, ८२ सर्भिस केन्द्रहरु र १०० भन्दा धेरै स्पेयर पार्ट बिक्री केन्द्रहरुको वृहत् सञ्जालमार्फत् गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।