काठमान्डौ । पछिल्लोपटक १९८० मा प्रतिरोध सामना गरेको सेयर बजारले लामो समय १८८० मा सपोर्ट पनि लिएको थियो। त्यहाँबाट पनि खसेको बजारले सोमबारको कारोबारमा बजारले १८५० मा सपोर्ट लिएको देखिन्छ।
आज दिनभरको कारोबारलाई नियाल्दा पहिलो र दोस्रो घन्टामा बजार बढेको देखिन्छ। तर, कारोबारको तेस्रो र चौथो घन्टामा भने बजारमा बिक्रीचाप परेको देखिन्छ। योसँगै बजारमा बिक्री दबाब परेसँगै आज अन्तिमा समयमा कारोबार र भोलुम पनि बढेको छ।
प्राविधिक रुपमा बजारलाई सानो टाइम फेरम एक घन्टाको चार्टमा बोलिंगर ब्यान्डमार्फत हेर्दा आज बजारले मध्यब्यान्डमा गएर पुनः प्रतिरोध सामना गरेको छ। आजको दिनभरको कारोबारमा तेस्रो घन्टामा मध्य ब्यान्डमा प्रतिरोध सामना गरेर इन्भर्टेड ह्याम्मर बनेको छ।
चौथो घन्टामा बजारले बियरिस मारुबुजु क्यान्डल बनाएको छ। (हेर्नुहोस् कालो एरो)
म्याक्डीमार्फत बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्रामहरु सकारात्मक नै छन्। आरएसआईमार्फत हेर्दा यसअघिको प्रतिरोधको तह ४५ मा पुगेर बजारले पुनः प्रतिरोध सामना गरेको देखिन्छ।
तीनवटै इन्डिकेटरलाई समग्रमा मिलाएर हेर्दा आज बजारले यसअघिको सपोर्टको विन्दु १८८० मा प्रतिरोध सामना गरेको देखिन्छ। यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस होइन।
6 minutes ago
23 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago