काठमाण्डौ । अहिले बजारमा सवा ६ खर्ब रुपैयाँभन्दा बढी नगद परिचालन रहेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असार मसान्तसम्मको तथ्यांकअनुसार बजारमा अहिले ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ परिचालन छ। गत असार मसान्तसम्म बजारमा ६ खर्ब १२ अर्ब २ करोड रुपैयाँ परिचालन थियो।
अघिल्लो वर्षको तुलनामा नगद परिचालन बढेको छ।
उता सरकारको खातामा भने नगद मौज्दात घटेको छ।
चालु आर्थिक वर्षको असार मसान्तसम्म सरकारको खातामा ४५ अर्ब ११ करोड ५७ लाख रुपैयाँ रहेको छ। गत असार मसान्तमा सरकारको खाता २ खर्ब २५ अर्ब ५० करोड ६८ लाख रुपैयाँ रहेको थियो। यो हिसाबले सरकारी कोष १ खर्ब ८० अर्ब ३९ करोडले घटेको छ।
34 minutes ago
55 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago