काठमाण्डौ । सेयर बजार अब आउँदो आइतबारबाट मात्रै खुल्नेछ।
सरकारले भोलि (बिहीबार) इन्द्रजात्राका अवसरमा सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदा दिइएका कारण भोलि सेयर बजार बन्द रहनेछ।
पर्सि शुक्रबार पनि सेयर बजार बन्द रहनेछ। त्यसैले अब आउँदो आइतबारबाट सेयर बजार खुल्नेछ।
यो साता सेयर बजारमा ४ दिनमात्रै कारोबार भएको छ। यो साता बजार करिब साढे २५ अंकले ओरालो लागेको छ। गत बिहीबार २०२९.७८ मा बन्द भएको बजार आज बुधबार २००४.३० मा बन्द भएको छ।
अघिल्लो साताको तुलनामा यो साता कारोबार बढेको छ। गत साता ७ अर्ब ३७ करोड रुपैयाँबराबरको कारोबार भएकोमा यो साता बढेर ७ अर्ब ८० करोड रुपैयाँबराबरको कारोबार भएको छ।
यो साता ३ दिन बजार बढ्यो भने १ दिन मात्रै बढेको छ। अब आइतबार बजार २००४.३० को विन्दुमा खुल्नेछ।
11 hours ago
17 hours ago
17 hours ago
18 hours ago
19 hours ago
19 hours ago
20 hours ago
20 hours ago
21 hours ago
22 hours ago