काठमाण्डौ । यो साताको अन्तिम कारोरबार दिन बिहीबार बजार दोहोरो अंकले घटेर बन्द भएको छ। गएको २ वटा कारोबारमा बजारमा भोलुम निकै ड्राईअप बनेको छ। अर्थात् कारोबार १ अर्ब रुपैयाँभन्दा तल झरेको छ।
गत डिसेम्बर २२ पछि कारोबार तीन महिनापछिकै सबैभन्दा कम कारोबार भएको छ। कारोबार कममात्रै नभएर गत साताको एभरेज भोलुम १ अर्ब ३३ करोड रुपैयाँभन्दा पनि तल आएको छ। कारोबार तथा भोलुमका आधारमा विगतको अवस्थालाई नियाल्दा कारोबार निकै ड्राइअप भएपछि बजार फर्केको अवस्था देखिन्छ।
कारोबार घट्नुमा लगानीकर्ताले घटेर नबेच्नु तथा बढेर नखानु नै हो। तर, बजारलाई प्राविधिक तर्फबाट हेर्दा म्याक्डीमा बुलिस क्रसओभर बनेको देखिन्छ भने हिस्टोग्राम पोजिटिभ र लामा–लामा बन्दै गएका छन्। (हेनुहोस् तस्बिरमा)
बोलिंगरमार्फत हेर्दा बजारले ब्यान्डको मध्य ब्यान्ड ब्रेक गर्न सकेको छैन। यसले बजारमा केही कमजोर रहेको बुझ्न सकिन्छ।
आरएसआई ओभर सोल्ड जोन ३० बाट फर्केर हाल ३६ को तहमा पुगेको छ। तर, पहिलाको उच्च विन्दु ४० लाई ब्रेक गर्न सकेको छैन।
समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा बजार साइडवेजमा चलेको देखिन्छ। बजारको अबको बलियो सपोर्ट १८७५ देखि १८८० मा रहेको छ भने बढेमा प्रतिरोध १९४५ को आसपास रहनेछ।
16 hours ago
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago
18 hours ago
19 hours ago
19 hours ago
19 hours ago
19 hours ago