काठमाण्डौ । आज सेयर बजार कारोबारको पहिलो प्रहरमा बढेर करिब २१२१ सम्म पुगेको थियो। तर, बजार अन्तिममा करिब १२ अंकले घटेर बन्द भएको छ।
अघिल्लो दिनको तुलनामा आज बजार घट्दा कारोबार भने बढेको छ। घट्दो बजारमा कारोबार बढ्नु खासै राम्रो संकेत भने होइन।
बजारलाई प्राविधिक रुपमा भने वान आवर टाइम फेरेममा इचिमोकुमार्फत हेर्दा मूल्यरेखाहरु क्लाउड पोजिसनबाट झरेका छन्। क्लाउडको अवस्था पनि हरियोबाट रातो बनेको छ। यसले बजारमा अल्पकालमा बिक्री दबाब परेको र केही समय अझै पर्न सक्ने देखिन्छ।
एक घन्टाको समयावधिमै सुपर ट्रेन्डमार्फत हेर्दा आज २०८५ मा बन्द भएको बजार २०७० माथि रहुन्जेल बुलिस नै रहेको मान्न सकिन्छ। तर, त्यहाँबाट तल झरेमा भने बजारमा बिक्री दबाब आउन सक्छ।
बजारलाई बोलिंगर ब्यान्डमार्फत डेली बेसमा हेर्दा आज मध्य ब्यान्डमाथि इन्भर्टेड ह्याम्मर बनेको छ। एक घन्टाको काराबारमा हेर्दा पनि मध्य ब्यान्डमा नै सपोर्ट लिएको छ। यसको अर्थ आगामी कारोबारको पहिलो आवर घटेमा बजारमा थप बिक्री दबाब पर्न सक्छ।
म्याक्डीमार्फत हेर्दा बियरिस क्रसओभर बन्दै गरेको तर बनिनसकेको अवस्था देखिन्छ। आरएसआर्ईबाट बजारलाई हेर्दा ४९ को तहमा न्युट्रल जोनमा रहेको देखिन्छ।
समग्र तीनवटै इन्डिकेटर र इचिमोकुबाट हेर्दा अल्पकालका लागि बजारमा बिक्री दवाब परेको अझै पर्न सक्ने देखिन्छ।
पिभटमार्फत हेर्दा बजार पहिलो सपोर्ट २०८० बाट तल झरेमा भने दोस्रो सपोर्ट २०४० र २००१ मा लिन सक्नेछ। बढेमा भने बजारले क्रमशः २१२८, २१६० र २२०७ मा प्रतिरोध सामना गर्न सक्नेछ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
10 hours ago