काठमाण्डौ । बजार बढ्दा मंगलबार उच्च कारोबार गर्ने टप १० ब्रोकरमध्ये ८ वटाले सेयर बिक्रीभन्दा खरिद बढी गरेका छन् भने २ वटाले बढी बिक्री गरेका छन्।
आजको टप कारोबारमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) को खरिद बढी देखिन्छ। नासाले २६ करोड ३३ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको देखिएको छ भने २४ कारोड २७ लाख रुपैयाँबराबरको सेयर बिक्री देखिएको छ।
कारोबारका हिसाबले आज दोस्रो नम्बरमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५) रहेको छ। यो ब्रोकरले सेयर खरिद बढी गरेको छ। यो ब्रोकरले १५ करोड ७२ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने १३ करोड ६२ लाख रुपैयाँबराबरको बिक्री रहेको छ।
तेस्रोमा भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) रहेको छ। यो सेयर खरिदभन्दा बिक्री बढी गरेको छ। यो ब्रोकरले १५ करोड ३५ लाख रुपैयाँबराबर सेयर बिक्री गरेको छ भने १२ करोड ५२ लाख रुपैयाँको सेयर खरिद गरेको छ।
त्यसैगरी चौथो स्थानमा रहेको अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९)को पनि खरिद बढी देखिएको छ। यो ब्रोकरले १४ करोड ५९ लाख रुपैयाँबराबरको सेयर खरिद गर्दा १२ करोड १२ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
पाँचौँ स्थानमा डाइनमिक मनी म्यानेजर सेक्युरिटिज (स्टक ब्रोकर नं. ४४) रहेको छ। यो ब्रोकरले १२ करोड ४७ लाख रुपैयाँको सेयर खरिद गरेर ११ करोड ९३ लाख रुपैयाँको बिक्री गरेको छ।
कारोबारका हिसाबले दक्षिणकाली इन्भेस्टमेन्ट सेक्युरिटिज (स्टक ब्रोकर नं. ३३) छैटौँ स्थानमा छ। यो ब्रोकरले १३ करोड ६६ लाख रुपैयाँबराबरको सेयर खरिद तथा ८ करोड ८४ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।
सातौँ स्थानमा रहेको सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२)ले बिक्रीभन्दा सेयर खरिद बढी गरेको देखिन्छ। यो ब्रोकरले १२ करोड १५ लाख रुपैयाँको सेयर खरिद गरेर ९ करोड ९१ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
त्यसैगरी दीपशिखा धितोपत्र कारोबार (स्टक ब्रोकर नं. ३८) आठौँ स्थानमा छन्। यो ब्रोकरको खरिदतर्फ १२ करोड ३० लाख रुपैयाँ तथा बिक्रीतर्फ ८ करोड ७ लाख रुपैयाँ रहेको छ।
नवौँमा साउथ एसियन बुल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४३) ले १३ करोड ८३ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर ६ करोड ३२ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ।
कारोबारका हिसाबले दसौँ स्थानमा श्रीकृष्ण सेक्युरिटिज (स्टक ब्रोकर नं. २८) रहेको छ। यो ब्रोकरले १० करोड ७९ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर ८ करोड १८ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago